निर्माण व्यवसायी कान्छारामले कसरी पाएका थिए टिकट ?

मंसिर ४ गते हुने निर्वाचनमा रामेछापमा माओवादी केन्द्र र नेपाली काँग्रेस रामेछापको प्रतिनिधिसभा कसले लिने भन्नेमा अन्तिमसम्मै छलफलमै रहे । रामेछापबाट श्यामकुमार श्रेष्ठ (कुशल)ले आफूले प्रतिनिधिसभामा पुनः टिकट नपाउने हो भने काँग्रेसलाई छोड्दा हुने भन्दै लविङ गरिरहेकै थिए । कुशल जसरी पनि युवराज चौलागाईलाई रोक्ने मिशनमा थिए भनेर माओवादीकै स्थानीय नेताले स्वीकार गरिसकेका छन् ।यसै शिलशिलामा रामेछापबाट कुशल समूहका केही स्थानीय नेताहरु आएर अध्यक्ष प्रचण्डलाई भेट्न आए । उनीहरुले प्रतिनिधिसभा छोडेर प्रदेशका २ वटै क्षेत्र लिन सुझाव दिए । यसको तारतम्य कुशलले नै असोज दोस्रो हप्ता मिलाएका थिए । रामेछापको प्रतिनिधिसभा माओवादीले छोड्ने, छोड्न प्रचण्डलाई ‘कन्भिन्स’ पनि गराउने तर, यसवापत कान्छारामले प्रचण्डलाई समेत ‘भाग’ पुग्ने गरी केही रकम खर्चिनुपर्ने प्रस्ताव माओवादीबाट प्रतिनिधिसभाका दाबेदार युवराज चौलागाई इतरको समूहबाट काँग्रेस रामेछापका सभापतिसमेत रहेका पूर्णबहादुर तामाङ (कान्छाराम) समक्ष पुगेको स्रोतले दाबी गरेको छ । तर, कान्छारामले भने संघीयता अगाडी जिल्लामा २ वटा निर्वाचन क्षेत्र हुँदा पनि १ नम्बर क्षेत्रमा काँग्रेस पहिल्यैदेखि बलियो रहेको र तत्कालिन २ नम्बर क्षेत्र माओवादीको पकड क्षेत्रबाट गुमिसकेकाले आफूले माओवादीका नेतालाई पैसा दिएर टिकट लिनुनपर्ने जवाफ पठाएको बताइन्छ ।साथै, कान्छाराम तामाङले आफूले रामेछापमा गरेको समाजसेवा नै आफ्नो जितको लागि पर्याप्त रहेको र सहमतिमा टिकट दिए आफूले एमालेका उम्मेदवारलाई सहजै पराजित गर्ने दलिल पेश गरेका थिए । ‘पैसा माग्नेले उहाँ (कान्छाराम)सँग ५ करोड भन्या थिए, प्रचण्डसम्म पुर्याउनुपर्छ भनेर भनेका थिए भन्ने छ, अब प्रचण्डले नै खटाएका हुन् की, के हो त्यो चाहिँ उनीहरु नै जानुन् । कान्छाराम चाहिँ पैसा दिन्न, तर प्रदेश लिने हो भने २ वटै क्षेत्रमा माओवादीका उम्मेदवार जिताउँछु, रामेछापमा चुनाव जित्न हामीलाई नेकपा समाजवादी चाहिँदैन, उसलाई भाग लगाउनु पनि पर्दैन भन्नेमा अडिक रहनु भयो’ स्रोत बताउँछ, ‘गठबन्धन नै हुँदा पनि माओवादीबाट उम्मेदवार बन्ने भनेको कि कुशल, कि युवराज नै थिए । कुशललाई जहाँ पुग्यो, त्यहीँबाट लखेट्ने अवस्था छ, २ पटक सांसद हुँदा पनि काम नगरकोमा गुम्देलदेखि गौश्वारासम्मका मान्छेलाई रिस छ । युवराजलाई कसैले चिन्दै चिन्दैन । त्यहीँ भएर प्रदेश जसरी पनि जिताउने सर्तमा रामेछापको प्रतिनिधिसभा काँग्रेसलाई छोड्न माओवादीका अध्यक्ष प्रचण्ड तयार भएका हुन् ।’ कान्छारामले ‘क्यास’ दिएको नभई गठबन्धन भएकाले प्रदेशसभा सदस्यका लागि माओवादीबाट उम्मेदवार बनेका तारानारायण श्रेष्ठ (क) र युवराज चौलागाई (ख)लाई चुनाव खर्च भने दिने सहमति भएको दाबी स्रोतको छ । ‘ठ्याक्कै यती भन्ने थाहा छैन, तर कान्छारामले बिगुल (तारानायरण) र युवराजलाई चुनाव खर्च अलिअलि दिनु भएको छ । उहाँले बैमान गर्नु भएको छैन, माओवादीलाई भोट हाले हाल, नहाले नहाल, मलाई चाहिँ रुखमा भोट हाल भन्नु भएको छैन, जहाँ पुग्नुभएको छ, त्यहाँ गठबन्धनका उम्मेदवारलाई नै भोट हाल्न भन्नु भएको छ’ स्रोतले भन्यो ।असोज २३ गते उम्मेदवारहरुको मनोनयन दर्ता थियो । टिकट लिन अन्तिम समयसम्म कुर्नु परेकाले उम्मेदवार कान्छाराम अन्तिम समयमा मात्रै मनोनयनका लागि पुगेका थिए ।मनोनयन पश्चात असोज २५ गते कान्छाराम पुनः ५ सिट क्षमताको इक्वेरल हेलिकप्टर लिएर मन्थलीस्थित रामेछाप विमानस्थल ओर्लिए । आजभोली भोट माग्न चुनावी अभियानका क्रममा गाउँ गाउँ पुगेका उनी ‘एमालेलाई भोट नहाले म हेलिकप्टर चढाउँछु, सुर्यमा भोट नहाले गाउँमा कोही बिरामी भए आफैँ हेलिकप्टर लिएर उपचार गराउन लैजान्छु’ भनेर आश्वासन बाँडिरहेका छन् ।‘क’ वर्गका ठेकेदार रहेका कान्छाराम गत निर्वाचनमा पनि प्रतिनिधिसभाकै उम्मेदवार थिए । त्यतिबेला वाम गठबन्धनका श्यामकुमार श्रेष्ठ (कुशल)सँग पराजित भएका थिए ।

सम्बन्धित सामग्री

दशैंको टिकट बुकिङमा हानाथाप

यातायात व्यवसायीले सोमबारदेखि दशैंको लागि टिकट बुकिङ खुलाएका छन्। व्यवसायीले टिकट बुकिङ खुला गरेसँगै मंगलबार सबेरैदेखि गोंगबुस्थित लोत्से बहुउद्देश्यीय कम्पनीले सञ्चालन गर्दै आएको नयाँबसपार्कमा टिकट बुकिङ गर्न सर्वसाधारणको घुइँचो लाग्यो। सर्वसाधारणको अत्य...

अब भाइबरबाटै प्लेन टिकट र बसको टिकट काट्न सकिने

अब भाइबरबाटै प्लेन टिकट र बसको टिकट काट्न सकिने भएको छ । यसका लागि सस्तो टिकट्स र बस सेवासँग भाइबरले साझेदारी गरेको हो ।  भाइबरमा सस्तो टिकट्स र बस सेवाको च्याटबट प्रयोग गरेर टिकट काट्न सकिने छ । भाइबरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्लेन टिकट काट्दा बम्परमा दुईजना थाइल्याण्ड जाने अवसर पाउने छन् । यस बाहेक १५ जोडी यात्रुहरूलाई राउन्डट्रिप टिकटहरू दिइने विशेष अफर,...

घर जान टिकट छ, सिट छैन

काठमाडाैं।नेपालीहरूको महान् चाड बडा दसैँ मनाउन घर जानेहरूको आज पनि उल्लेख्य भीड छ। टिकट काट्न आउने र अग्रिम टिकट काटेका सर्वसाधारणहरू बिहानैदेखि नयाँ बसपार्कमा रहेका छन् । नयाँ बसपार्क क्षेत्रमा रहेका सर्वसाधारणहरू यातायात व्यवसायीहरूले व्यवस्थापकीय काम राम्रोसँग गर्न नसकेको गुनासो गरे ।बीच बाटोबाट सर्वसाधारणहरू लिएर जाने कतिपय सवारीसाधनका चालक र सहचालकहरूका कारण टिकट काटेका कतिपयले टिकट नपाइरहेको उनीहरूको गुनासो छ।

पोखरा मेयरमा एमालेबाट कृष्ण थापालाई टिकट, दीपकको टिकट खोसियो

पोखरा महानगरपालिकाको मेयरमा एमालेले दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको छ । आइतबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले थापालाई टिकट दिएको एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले रातोपाटीलाई जानकारी दिए । शनिबार पौडेललाई टिकट दिएपछि उनको पुरानो भिडियोहरू शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो । त्यसमाथि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीको टकरावका कारण कास्की एमाले विभाजित छ । पौडेलले गुरुङ प्यानलबाट टिकट पाएका हुन् । त्यसप

चुनावमा दलहरुले बाँड्ने भनेको ‘टिकट’ के हो ?

५ वैशाख, काठमाडौं । निर्वाचनको बेलामा हरेक दलहरुले आ–आफ्ना उम्मेदवारलाई ‘टिकट’ दिने भनिन्छ । कुन दलले को नेतालाई टिकट दिन्छ भन्ने बहसबाट नै निर्वाचनको माहोल शुरु हुन्छ । टिकट नपाउनेहरु दलको तर्फबाट उम्मेदवार हुन पाउँदैनन् । दलहरुले आफ्नो दललाई दिने भनेको टिकट के हो र त्यो कस्तो हुन्छ ? हरेक दलले आफ्नो कार्यकर्ताको नाम किटेर […]

भरतपुर अस्पतलमा अनलाइनबाट टिकट

भरतपुर अस्पतालले अनलाइन टिकट सुरु गरेको छ। अस्पतालले अनलाइनबाट ओपिडी (बहिरङ्ग) टिकट सुरु गरेको हो।

अग्रिम टिकट बुकिङ खुलेको दिन बसपार्क सुनसान, जम्मा १४ सय जनाले टिकट लिए

काठमाण्डाै – काठमाण्डौबाट दशैँमा घर जानका लागि आज साेमवारदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । सरकारले यातायात व्यवसायीसँग छलफल गरेर आजदेखि लामो तथा मध्यम दुरीका गाडीकाे अग्रिम टिकट बुकिङ खुला गरेको हो ।  नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालीले व्यवसायीको सहकार्यमा ११ वटा ‘टिकट काउन्टर’ थप गरेको हो ।  यसैबीच यो वर्ष अग्रिम टिकट बुकिङको पहिलो दिन पनि नयाँ बसपार्क शान्त देखिएको छ । विगत...

दसैँका अग्रिम टिकट बुकिङ खुल्ला, टिकट लिन लाइन (फोटोफिचर)

दसैँमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । देशका विभिन्न क्षेत्रबाट काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू दसैँ मनाउन घर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । आज पहिलो दिन भने टिकट काउन्टरमा खासै भीड देखिएको थिएन । कोरोना सङ्क्रमणको दर घटे पनि जोखिम कायमै रहेको कारण यो वर्ष काठमाडौँ छोड्नेको सङ्ख्या कम हुने आँकलन गरिएको छ । अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको धनगढी, टिकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्युठान, रोल्पा तथा

अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा टिकट काउन्टर थपियो

काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ । सरकारले भोलिदेखि दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ‘टिकट काउन्टर’ थप गरेको हो ।     प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट काउन्टर थप गरेको बताए ।  नयाँ बसपार्कबाट हाल ३२ टिकट काउन्टरमार्फत कम्प्युटर प्रणालीका मा...

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गते देखि केही समयका लागि बन्द हुने भएका हुन् । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बसपार्कका काउण्टरलाई अन्तर्राष्ट्रिय मापदण्डबाट सञ्चालन गर्नका लागि टिकट काउण्टर