दैनिक ज्यालादारी मजदुरहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन समस्या देखिएको छ । कानुनी रुपमा ज्यालादारी मजदुरहरुलाई कोषमा आवद्ध गर्नुपर्ने बाध्यात्मक व्यवस्था भएपनि मजदूरहरुसँग निरन्तरता आयश्रोत नहुदाँ समस्या देखिएको हो । कोषमा आवद्ध हुने मजदुरहरुले ३ महिनासम्म निरन्तर दैनिक ११२ रुपैयाँ योगदान गनुपर्ने र ३ महिना भित्रमा कुनै दुर्घटना भए क्षतिपुर्ति वापत कुनै आर्थिक सहायता समेत नपाउने कानुनी व्यवस्था छ । मनोज पुरी रोजगार सेवाकी सञ्चालिका रीना पुरीले ज्यालादारी मजदुरहरुलाई सामाजिक सुरक्षा क