नेकपा एमाले ऐतिहासिक नगरी जनकपुरमा आफ्नो सातौँ महाधिवेशनको चटारोमा रहँदै गर्दा देशमा राजा ज्ञानेन्द्र निरंकुशतालाई घनीभूत बनाउने चेष्टा गरिरहेका थिए। मुलुकको शासनसत्ता हठात् आफ्नो हातमा लिँदा पनि सर्वसाधारण मौन थिए। कतैबाट राजाको कदमविरुद्ध आवाज उठिरहेको थिएन। दलहरु ठूलो असमञ्जसमा थिए। आन्दोलन गर्दा जनताको साथ पाइने हो कि होइन भन्ने द्विविधामा थिए ती। कारण स्पष्ट थियो,…