काठमाडौं । देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका-९ पलासेस्थित नालीमा सोही नगरपालिका-९ महत गाउँ बस्ने सिन्धुपालचोक पाँचपोखरी गाउँपालिका-७ घर भएका ४५ वर्षीय साईला श्रेष्ठ बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी धादिङको सिद्धलेक गाउँपालिका-६ नेपालटारस्थित त्रिशुली नदीको किनारामा सोही ठाउँ बस्ने ५६ बर्षीय बिष्णु प्रसाद श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् ।
धनुषाको जनकपुर उपमहानगरपालिका-४ स्थित पोखरीमा पनि हाल नाम, थर, वत...