कोष दर्ता तथा निष्कासनका लागि अनुमति प्राप्त भएपश्चात् कोषले रकम सड्ढलनका लागि लक्षित लगानीकर्ता पहिचान गरी ‘परिपत्र विधि’ वा ‘व्यक्तिगत सम्पर्कका माध्यम’बाट एकाइ निष्कासन गर्नुपर्छ । स्वदेशी मात्र होइन, विदेशी कम्पनीले पनि नेपालमा कोष व्यवस्थापकको काम गर्न सक्छन् । नियम ३(१क) अनुसार विदेशमा दर्ता भएको कोष वा कोष व्यवस्थापकले प्रचलित नेपाल कानूनको अधीनमा रही त्यस्तो कोष वा कोष व्यवस्थापकको पूर्ण वा अधिकांश स्वामित्वमा नेपालमा कोष स्थापना वा कोष व्यवस्थापनको कार्य गर्नसक्ने व्यवस्था छ ।