करोडौँको लगानीमा जुम्लामा बन्दैछ रंगशाला

जुम्लामा करोडौँको लगानीमा सुविधायुक्त रंगशाला लगायतका खेलकुद पूर्वाधार निर्माण कार्य अगाडि बढाइएको छ।...

सम्बन्धित सामग्री

रुपन्देहीमा निजी लगानीमा २५ हजार दर्शक अट्ने क्रिकेट रंगशाला निर्माण सुरु

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा निजी लगानीमा २५ हजार दर्शक क्षमताको क्रिकेट रंगशाला निर्माण सुरु भएको छ । यसलाई खेलका जानकारहरुले निजी लगानीमा बन्ने नेपालको पहिलो ठूलो क्रिकेट रंगशाला भनेका छन् ।तिलोत्तमा वडा नंं १७ पूर्व दरखसवामा ५ बिघा क्षेत्रफलमा यस्तो रंगशाला बनाउन सुरु भएको हो । ९ वर्षदेखि अस्ट्रेलियामा सूचना प्रविधि क्षेत्रको व्यवसाय गर्दै आएका […]

जुम्लामा ५० करोड लगानीमा रंगशाला निर्माण हुँदै

जुम्लाको चन्दननाथ नगरपालिका–५ राजासिम चौरमा ५० करोड लगानीमा रंगशाला निर्माण हुने भएको छ । खेलाडीलाई प्रोत्साहन र उनीहरूको समस्यालाई मध्यनजर गर्दै अत्याधुनिक सुविधायुक्त रंगशाला निर्माण हुन लागेको हो । रंगशाला नहुँदा खेलाडीहरूले...

५० करोडमा रंगशालासहित ११ वटा संरचना निर्माण हुने

जुम्लामा अत्याधुनिक रंगशाला निर्माण हुने भएको छ। जुम्लाको चन्दननाथ नगरपालिका-५ मा अवस्थित राजासिममा सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाको ५० करोड लगानीमा सुविधायुक्त रंगशाला निर्माण हुन लागेको हो।...

क्रिकेट रंगशाला ठूलो कि कृषि विश्वविद्यालय ?

चितवनको रामपुरस्थित त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र हाल कृषि विश्वविद्यालयले भोगचलन गरिरहेको २० बिगाहा ६ कठ्ठा जग्गामा क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढ्यो । तीन अर्ब ५५ करोड रुपैयाँ लगानीमा धुर्मुस सुन्तली फाउण्डेसनमार्फत् अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने र निर्माण सम्पन्नपश्चात् भरतपुर महानगरको स्वामित्वमा रहने गरी रंगशाला निर्माण प्रक्रिया अघि बढ्यो । ०७५ माघ १६ […]

एक अर्ब ५९ करोडमा रंगशाला निर्माण शुरू

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक अर्ब ५९ करोड ४७ लाख रुपैयाँ लगानीमा रंगशाला निर्माण शुरू गरिएको छ । प्रदेश सरकारको लगानीमा सो रंगशाला निर्माण शुरू भएको हो ।     रंगशाला निर्माणार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतवार मुख्यमन्त्री जीवनबहादुुर शाहीका उपस्थितिमा कर्णाली प्रदेश खेलकुद परिषद् र निर्माणको जिम्मा लिएको कम्पनी एमएसी÷जीएसएल जोइन्ट भेन्चुर कान्तिपथ काठमाडौंबीच आइतवार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा मुख्यमन्त्री शाहीले मुलुक विकासको मेरुदण्डका रूपमा कार्यरत प्राविधिक जनशक्तिले यसको निर्माणार्थ अहोरात्र खट्न आग्रह गरे । ‘हरेक ठूला आयोजना संघ सरकारबाट हुँदै आएका छन्,’ तर यतिबेला कर्णाली प्रदेश सरकारले पहिलो प्रदेश गौरवको आयोजनाका रूपमा ठूलो लगानी गरेर रंगशाला निर्माणको कार्यलाई अघि बढाएको छ,’ उनले भने, ‘यसको निर्माणको जिम्मा लिएको कम्पनीले तोकिएको मितिभन्दा अगावै सक्नेगरी दिनरात खटिएर काम गर्न अनुरोध गर्दछु ।’ प्राकृतिक रूपले सम्पन्न कर्णालीको विकासमा दत्तचित्त भएर लाग्न निर्माण व्यवसायी लगायत राष्ट्रसेवक सम्पूर्ण कर्मचारीलाई उनले सुझाए । कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले ईपीसी डिजाइन एण्ड बिल्डअनुसार सम्झौता भएको रंगशालाको निर्माण फिफा स्ट्यान्डर्डमा हुने जानकारी दिए । ‘हामीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने उद्देश्यले निर्माणको काम आइतवारदेखि लागू हुनेगरी सम्झौता गरेका छौं,’ उनले भने, ‘दश हजार दर्शक अट्ने क्षमताको प्यारापिटसहितको रंगशालाको निर्माण ३० महीनामा सम्पन्न हुनेछ ।’ प्रदेश सरकारअन्तर्गत पहिलो अन्तरराष्ट्रिय बोलपत्र आह्वान गत असार ३१ गते भई ६ बोलपत्रदाताको सहभागितामा गत २१ गते खोलिएको उनले जानकारी दिए । नेपाली र भारतीय निर्माण व्यवसायीको साझेदारीमा सञ्चालित एमएसी÷जीएसएल जोइन्टर भेन्चुरका आधिकारिक प्रतिनिधि अनुप आचार्यले नमूना र गुणस्तरयुक्त रंगशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । रंगशालामा भूकम्प प्रतिरोधी प्यारापिट बन्नेछ । भीआईपी प्यारोफिट, मिडिया रूम, रेफ्री, चेन्जिङ र रिफ्रेस रूम, मेडिकल रूम, फिजियोथेरापी, भीआईपी वेटिङ रूमका साथै अण्डरग्राउण्ड पार्किङ निर्माण गर्नेगरी रंगशालाको डिजाइन गरिएको परिषद्का सदस्य सचिव सञ्ज्यालले बताए । उनका अनुसार टीभी लाइभ ब्रोडकास्ट प्लेटफर्म, रंगशालाभित्रै ओलम्पिक टर्च स्ट्यान्ड र फिफा मापदण्डकै स्वीमिङ पुल पनि निर्माण हुनेछ । यसभित्र एक हजार ५०० दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल, भलिबल, ह्याण्डबल लगायत खेल खेल्न मिल्नेछन् ।

एक करोडमा बन्यो रसुवा रंगशाला

सरस्वती न्यौपाने, रसुवा । खेलकुदलाई व्यवस्थित र मर्यादित बनाउन जिल्लाको गोसाइकुन्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेमा एक करोडको लागतमा रसुवा रंगशाला निर्माण भएको छ । वागमती प्रदेश सरकारको ६५ लाख र गोसाइकण्ड गाउँपालिका को ३५ लाख गरी कुन्ड एक करोडको लगानीमा रंगशाला निर्माण भएको हो। ६२ फिट लम्बाइ र ४२ फिट चौढाइ भएको खेल मैदान […]

सवा अर्ब बढी लगानीमा रंगशाला निर्माण हुने

पर्यटकीय नगरी पोखरामा आउँदो असार मसान्तर (४ महिना) भित्र पोखरामा १८ हजार ५ सयको दर्शक क्षमताको प्यारापिटसहितको फुटबल रंगशाला निमार्ण हुने भएको छ । १३ औं सागलाई मध्यनगर गरी राष्ट्रिय खेलकुद परिषद्बाट उक्त परियोजना ४ महिनाभित्र सकिने गरी निमार्ण कार्य अघि बढेको हो ।

‘विनोद चौधरीज्यू चाउचाउ मात्रै कति, एउटा अन्तर्राष्ट्रिय रंगशाला बनाइदिनुस् न’

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले व्यापारीबाट निजी लगानीमा रंगशाला बन्नुपर्ने बताएका छन्। आफ्नै पार्टीका अर्बपति सांसद विनोद चौधरीलाई सम्बोधन गर्दै प्रवक्ता शर्माले एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाइदिन आग्रह गरेका हुन्।