दोलखाको भीमेश्वर नगरपालिका ७ स्थित उखुबारीका दुई युवाले दुई करोडको लगानीमा आफ्नै गाउँमा व्यवसायिक बाख्रा पालन सुरु गरेका छन् । रोजगारीको सिलसिलामा कोरीया बस्ने देखि राजधानी काठमाडौंमा बसेर राम्रो व्यवसाय सञ्चालन...
गुल्मीमा कृषकको आम्दानीमा वृद्धि ल्याउनका लागि बाख्रा पालन कार्यक्रमलाई तीव्रता दिइएको छ। बालीवस्तु विशेष सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम अन्तर्गत पशुपालन व्यवसायतर्फ बाख्रा पालनको प्रवर्द्धन र व्यावसायिक उत्पादन गरी कृषकको आयस्तरमा वृद्धि गर्ने उद्देश्यसहित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बाख्रा पालन कार्यक्रमलाई तीव्रता दिइएको हो।
गुल्मीमा ६५ लाख खर्चिएर बाख्रा पालन सुरु गरिएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–३ मा नारायणप्रसाद पन्थले सोही रकम लगानीमा बाख्रा पालन सुरु गरेका हुन् । विश्वभर फैलिएको पहिलो चरणको कोरोना महामारीको समयमा वैदेशिक रोजगारका लागि कतारमा रहेका पन्थले आफू गाउँ फर्केर बाख्रापालन व्यवसाय सुरु गरेको बताए । कृषि र पशुपालनबाटै दिगो आर्थिक उपार्जन हुने र […]
देउखुरी– घोराही-६ अघराका रूप बुढामगरले व्यावसायिकरुपमा बाख्रा पालेका छन् । दुईपटक १० वर्षसम्म विदेशी भूमिमा पसिना बगाएका उनले अब स्वदेशमै केही गर्नुपर्छ भनेर बिएम बाख्रा फार्म खोलेर व्यवसायी बनेका हुन् । पहिले दुबईमा पाँच वर्ष र त्यसपछि मलेसियामा पाँच वर्ष बसेका बुढामगरले कोरोनाका कारण मलेसियाको कम्पनीमा काम कम रोकिएपछि नेपाल आएको बताए। रोल्पा नगरपालिका-७ […]
निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले आजसम्म कुनै ‘क्लु’ भेटेको छैन । अर्थ मन्त्रालयसँग छानबिन समितिले जेठ महिनाको सीसीटीभी फुजेट माग्दा अर्थले असार महिनाको दिएर टारिदिएको छ ।यसको पछाडी जनार्दन शर्माले राजीनामा दिनु अगाडी अर्थका अधिकारीहरुलाई दिएको ‘धम्की’ले काम गरेको देखिएको छ । असार २२ गते संसदमा स्पष्टिकरण दिँदै अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्माले आफू पुनः फर्किने र आफूले ल्याएको बजेट नै कार्यान्वयन गर्नुपर्ने भएकाले छानबिन समितिलाई असहयोग गर्न दबाब दिएका थिए ।जब जनार्दनले गगनले बाख्रा पालन गर्न लिएको अनुदान खोजेकरका दरहरु सिमित ब्यापारिक घरानालाई मात्रै पोस्ने गरी फेरबदल गरेको र बजेट भाषणको अघिल्लो दिन विचौलियालाई प्रवेश गराएर करका दरहरु हेरफेर गरेको विषय बाहिरिएपछि जनार्दन शर्मा सत्ता पक्षका सबै नेताहरुले आफ्नो बचाउ गर्नेमा विश्वस्त थिए । तर, प्रतिपक्षीसँगै स्वर मिल्ने गरी काँग्रेस महामन्त्री गगन थापा लगायतका नेताहरुले ‘जनार्दन शर्माले राजीनामा दिनुपर्ने र राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने’ धारणा सार्वजनिक रुपमै राखे ।त्यसपछि जनार्दन शर्माले गगन थापालाई नै कारबाही गर्न सक्ने वा मिडियामा ‘स्टन्ट बाजी’ गर्न सकिने ‘इस्यु’ तत्काल खोज्न आफ्ना मान्छेलाई भने । उनका कार्यकर्ताले त्यहीँ पूरानो बाख्रा पालनमा गगनले लिएको अनुदानको कुरा उक्काउन सकिने सल्लाह दिए ।लगत्तै जनार्दन शर्माले कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालाई फोन गरेर गगन थापाले बाख्रा पाल्न लिएको अनुदानको सम्पूर्ण विवरण आफूलाई तत्काल उपलब्ध गराउन ठाडो निर्देशन दिए ।यसअघिःजनार्दन प्रकरणः छानबिन समितिले जेठको सीसीटीभी फुटेज माग्दा अर्थले असारको दियो गगनले तत्कालिन समयमा बाख्रा पालनका नाममा के कति अनुदान लिएका थिए र बाख्रा पालन नगरी कसरी त्यो अनुदानको दुरुपयोग गरेका थिए भन्ने कुरा पत्ता लगाउन अर्कोतिर आफ्ना मान्छे पनि खटाए ।न उनले खटाएका मान्छेले गगनले अनुदान लिएर बाख्रा पालन नगरेको पुष्टि गर्न सके, न कृषि सचिवले नै अनुदान लिएको कुनै प्रमाण सहितको रिपोर्ट दिन सके । त्यसपछि गगन थापामाथि ‘बाख्रा पालन प्रकरण’को विषय उक्काएर प्रहार गर्ने जनार्दन शर्माको प्रयास असफल भयो ।यस विषयमा गगन थापाले पनि आफूले बाख्रा पालन गर्न अनुदान नलिएको दाबी गर्न सकेका छैनन् । बरु घुमाउरो गरी गगनले पनि अनुदान लिएको स्वीकार नै गर्दै आएका छन् । काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर केशव स्थापितले पनि बेला बेला कुरा उक्काउने गरेका छन् । जनार्दनकै त्रासले कर्मचारीले प्रमाण दिएनन्अर्थसचिव मधु मरासिनी जनार्दन शर्माले राजीनामा दिँदा बिदामा थिए । अर्थमन्त्रीका रुपमा शर्मा कायम रहेसम्म काममा नफर्किने भनेर बिदामा बसेका मरासिनी जनार्दनले राजीनामा दिएको भोलिपल्ट असार २३ गते नै काममा फर्किए । उनी काममा फर्किएपनि छानबिन समितिलाई सहयोग गरेका छैनन् । कतै न कतै आफू पनि मुछिने डरले उनले छानबिन समितिलाई जेठको भनेर असारको सीसीटीभी फुटेज दिए ।अहिले पनि जनार्दन शर्मा पुनः अर्थमन्त्रीका रुपमा फर्किने भयले कर्मचारीहरु छानबिन समितिलाई असहयोग गरिरहेका छन् ।
नेपाल व्यावसायिक बाख्रा पालन महासंघले किसानलाई बेवास्ता गरेको गुनासो गरेको छ । महासंघले बाख्रा पालक किसानलाई राज्यको तर्फबाट बेवास्ता भएको भन्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा आफूहरुले अघि सारेका माग सम्बोधन गर्न सरकारलाई सुझाव दिएको छ ।महासंघले आगामी वर्षको बजेटमा आफूहरुको माग सम्बोधन गर्न भन्दै विभिन्न सुझाव तथा माग अघि सारेको छ […]
कामप्रति लगन र मनमा आँट हुने हो भने सानो लगानीबाट सुरु गरेको व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण म्याग्दीका दुईजना युवा बनेका छन् । पैसा कमाउन विदेश गएर भनेजस्तो नभएपछि गाउँमै फर्कि आएका जिल्लाको बेनी नगरपालिका– ३ भकिम्लीका धनबहादुर श्रीष र बेनी–६ चुत्रेनीका कृष्ण मल्लको बाख्रापालन व्यवसाय यस क्षेत्रकै नमूना बनेको छ । साथै बाख्रा पालक किसानको अध्ययनस्थलसमेत बनेको छ । विसं २०६८ मा जग्गा धितो राखेर बैंकबाट ऋण लिई एउटा बोयर बोका खरिद गरी बाख्रा पालन सुरु गरेका भकिम्ल
पछिल्लो समय म्याग्दीमा कृषि र पशुपालनमा लगानी बढ्दै गएको छ । सामूहिक रूपमा युवाहरू मिलेर उत्पादन र रोजगारी क्षेत्रमा लगानी गरेका छन् । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा तीन युवाले एक करोड ८० लाख लगानीमा उन्नत जातका बाख्रा पालन गरेका छन् । स्थानीय युवा कृषक अणबहादुर खड्काको अगुवाइमा तीनजनाले सामूहिक रूपमा उन्नत जातका बाख्रा पालन गरेका […]
साउन ५, धनकुटा । पछिल्लो समय धनकुटामा बाख्रपालन व्यवसायमा आकर्षण बढ्दो छ । यसै क्रममा धनकुटाको साँगुरीगढी गाउँपालिका ३ कुशेटारका स्थानीयले सामूहिक बाख्रापालन गरिरहेका छन् । पहिले एक्लाएक्लै स्थानीय जातका बाख्रा पाल्दै आएका किसानले अहिले सामूहिक रुपमै उन्नत जातका बाख्रापालन गरिरहेका छन् ।
कुशेटारका २१ घरपरिवारले सामूहिक बाख्रापालन व्यवसाय गर्दै आएका छन् । २१ घरपरिवारले ‘रातमाटे घाँसी बोयर बाख्रापालन समूह’ गठन गरेका छन् ।
बाख्रापालन व्यवसायमा अधिकांश युवा वैैदेशिक रोजगारबाट फर्केका छन् । उनीहरुले वैदेशिक रोजगारमा भन्दा राम्रो कमाइ भइरहेको बताएका छन् ।
कुशेटारका देवि नेम्बाङ आजकाल प्रायः बाख्राको खोरमै भेटिन्छन् । बाख्रालाई अन्न, दानापानी तथा घाँसको व्यवस्था गर्नु उनको दैनिकी हो । उनीसहित गाउँका २१ परिवारले ‘रातमाटे घाँसी बोयर बाख्रापालन समूह’ नामको सामूहिक बाख्रा समूह खोलेपछि उनीहरुको दैनिकी बाख्रा फार्ममै बित्ने गरेको छ । नेम्बाङको खोरमा ६० ओटा भन्दा बढी बाख्रा रहेका छन् । गाउँमै व्यावसायी बन्न बाख्रापालन रोजेको उनी बताउँछन् ।
चितवन र मकवानपुरबाट उन्नत बोयर जातका बाख्रा खरीद गरेर ल्याएको नेम्बाङले जानकारी दिए । बाख्रापालनका लागि उनले ६० लाख बढीको लगानी भएको छ । २२ वर्षसम्म शिक्षक पेशामा आवद्ध नेम्बाङले माछापालन, लेयर्स कुखुरा र सुँगुर पालन पालन पनि गरेको बताउँछन् । माछापालन र सुँगुर पालन व्यवसायमा सोचेजस्तो आम्दानी नभएपछि बाख्रापालनमा लागेको उनले बताए ।
६ वर्ष अगाडिबाट शुरु गरेको बाख्रापालनकै लागि ३५ रोपनी जग्गामा घाँस खेती गरिरहेको नेम्बाङले बताए । नेम्बाङले खरी, जमुनापारि हुँदै बोयर बाख्रा पालन गरिरहेको बताउँछन् । ‘बाख्रापालनबाट परिणाम आइसक्ने बेला भएको छैन’, नेम्बाङले भने, ‘२१ घरमा बाख्रा पालन गरिरहेका छौँ, समूहमा मिलेर काम गरेका छौँ, राम्रो परिणाम आउनेमा विश्वस्त छौँ ।’ नेम्बाङले युवा पुस्तालाई बाख्रापालनमा सक्रिय बनाउन आवश्यक प्राविधिक सहयोग समेत गर्ने बताए ।
कुशेटारकै ४३ वर्षीय अशोक याख्याको फर्ममा अहिले ४० ओटा बाख्रा छन् । उनी बाख्रापालनमा लागेको ७ वर्ष भएको छ । रोजगारीको शिलशिलामा ९ वर्ष मलेसिया, बहराइन डेढ वर्ष याख्याले गाउँमा फर्केपछि सुँगुर पालन गरेको बताउँछन् । उनले बाख्रापालनका लागि ४ रोपनी जग्गामा घाँस खेती गरिरहेका छन् । बाख्रापालन व्यवसायबाट वार्षिक साढे ५ लाख रुपैयाँ भन्दा बढी कमाइ भइरहेको याख्खाले बताए । उनले बाख्रापालनको लागि खोरमा मात्रै ३ लाख लगानी भएको बताए ।
‘विदेशमा अर्काको अधिनमा बस्नुपर्छ, तर यहाँ छुट्टै आनन्द छ’, याख्खाले भने, ‘अब यही पेशालाई निरन्तरता दिँदै परिवारसँग रमाएर बस्ने हो ।’ उनले थप्दै भने ‘घर खर्च जोहो गर्नकै लागि विदेश जानुपर्ने रहेनछ, आफूसँग भएको ज्ञान र सीपलाई राम्रोसँग प्रयोग गर्नुपर्ने रहेछ ।’
कुशेटारमा बाख्रा पालनका लागि ठाउँ पनि उपयुक्त भएकोले त्यहाँका मानिसले यो पेशा रोजेका हुन् । पुख्यौली रुपमा बाख्रापालन गर्दै आएका किसान व्यावसायिक बनेका छन् । २१ परिवारले प्रतिपरिवार मासिक ५० हजारदेखि ३ लाखसम्म आम्दानी गरिरहेका छन् । विदेश जानेलाई रोक्न सकिन्छ कि भन्ने हेतुले समूहमा बाख्रापालन शुरु गरेको र सरकारी अनुदान भन्दा आफैँ सक्षम बन्नेतर्फ लागेको रातमाटे घाँसी बोयर बाख्रापालन समूहका अध्यक्ष झप्टमान अधिकारीले बताए । अहिले २१ घरको बाख्रा फर्ममा करीब १ हजार भन्दा बढी बाख्रा रहेका छन् ।
कुशेटारका केही युवा विदेश जाने सोचलाई त्यागेर र विदेशबाट फर्केर बाख्रापालनमा लागेको समूहका अध्यक्ष अधिकारीले बताए । ‘केही युवा विदेश जाने सोच त्यागेर बाख्रापालनमा लागेका छन’, अधिकारीले भने आर्थिक अवस्था कमजोर भएकालाई समूहका एक सदस्यबाट १० देखि १५ हजार सहयोग गरेर खोर बनाउने काममा सहयोग गर्दै आएका छौं ।’
कुशेटारका बाख्रा फार्ममा अहिले ३ लाख रुपैयाँसम्म पर्ने बोयर जातका बोका रहेका छन् । ‘यहाँको कमाईले हरेक सदस्य पूर्णरुपमा सन्तुष्ट भएको पाएको छु’, अधिकारीले भने ‘आम्दानीलाई दोब्बर बनाउने गरी थप काम गर्ने तयारीमा रहेका छौं ।’ २१ घरले बाख्रापालनका लागि करीब २ करोड रुपैयाँ बढी लगानी गरेको अध्यक्ष अधिकारीले बताए । बाख्रापालनका लागि यस आर्थिक वर्षमा साँगुरीगढी गाउँपालिकाले समूहलाई १५ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।
प्रकाश पाक्साँवा तेह्रथुम । तेह्रथुममा बाख्रा पालन व्यवसाय फस्टाउँदै गएको छ । राम्रो आम्दानी हुने भएपछि जिल्लाको ग्रामीण क्षेत्रका युवाहरुले बाख्रापालन रोजेका कारण व्यावसाय फस्टाउन थालेको हो । पछिल्लो समय विशेषगरी वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको रोजाइ बाख्रापालन व्यावसायमा पर्न थालेको हो । विदेशी भूमिमा खर्चेको श्रम गाउँमा गर्न सके परिवारसँगै राम्रो आम्दानी लिने आशाका साथ […]