सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुुरुङले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) लाई शान्तिपूर्ण राजनीतिमा ल्याएर सरकारले ठूलो राजनीतिक सफलता हात पारेको बताउनुभएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको २३ औं वार्षिकोत्सवको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभयो । “अब मुलुक पूर्ण रुपमा लगानीमैत्री हुनेछ, समृद्ध नेपाल सुुःखी नेपालीको राष्ट्रिय संकल्पले सार्थकता पाउनेछ” उहाँले भन्नुभयो ।