यदि प्रणाली ठीक ढंगले विकास भएको छ भने त्यहाँ व्यक्तिलाई धेरै पुज्नु पर्दैन । कुलमानका ठाउँमा हरिमान आए पनि धेरै ठूलो असर गर्दैन । कुलमान प्राधिकरणबाट बिदाई हुँदै गर्दा जनतालाई चिन्ता थियो, अब फेरि लोडसेडिङ फर्किने हो कि भन्ने । कुलमान नभए पनि लोडसेडिङ फर्किएको छैन । यसको अर्थ प्रणाली बलियो भयो भने हुँदो रहेछ नि ।