राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विगत १५ वर्षको गलत राजनीतिक अभ्यासका कारण देशको राजनीति लिक बाहिर गएको दावी गरेका छन् । सोमबार नवलपुरको कावासोतीमा आयोजित पार्टीको गण्डकी प्रदेशको विस्तारित बैठकलाई सम्बोधन गर्दै लिङ्देनले राप्रपाले अवलम्बन गरेको नीति र मार्गचित्रले मात्र राजनीतिलाई सही ट्रयाकमा हिँडाउन सकिने धारणा राखे । लिङ्देनले केही दलका नेताले आफ्नो गल्ती र कमीकमजोरी ढाकछोप गर्न राजालाई गाली गर्ने गरेको बताए । उनले भने- 'राजालाई गाली गरेर राजनीति गर्ने र राजनीति टिका