नेपाल धितोपत्र बोर्ड र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था बिच सूचना आदानप्रदान एवं पारस्परिक सहयोगका लागि समझदारीपत्र तथा सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बोर्डका तर्फबाट अध्यक्ष भीष्म राज ढुंगाना र आइक्यानका तर्फबाट अध्यक्ष मदन कृष्ण शर्माले हस्ताक्षर गरे । हस्ताक्षरका क्रममा बोर्ड अध्यक्ष ढुंगानाले धितोपत्र बजार, धितोपत्र व्यवसायी, सूचीकृत संगठित संस्थाको वित्तीय विवरणको ढाँचा तयार गर्दै एनएफआरएस कार्यान्वयनमा सहजीकरण गर्न, सूचीकृत कम्पनीहरूको