जनकपुरधाम : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले किसानसँग खरिद गर्नुको साटो व्यापारीको धान किन्ने गरेको छ।कार्यालयमा किसानको सिफारिस लिएर धान बेच्न व्यापारी आउने गरेको रहस्य खुलासा भएको हो।धनुषा, महोत्तरी र सर्लाहीका किसानले उत्पादन गरेको सोना मन्सुली धान पुस २८ गते देखि कार्यालयले खरिद गर्दै आएको छ। किसानको मात्र किन्नुपर्नेमा कार्यालयले नक्कली किसान बनेर आउने व्यापारीबाट धान किन्ने गरेका छन्।कार्यालयका पलदारदेखि हाकिमसम्मको मिलेमतोमा व्यापारीक