वीरगञ्ज – पर्सा बहुदरमाई नगरपालिकाका नथुनी साह मल नपाएर तीन दिनदेखि कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालय वीरगञ्जमा धाइरहेका छन्। गाउँमै रहेको डिलरमार्फत मल नपाएपछि उनी कम्पनीको कार्यालयमै आइपुगेका हुन्। मल नदिने भए बरु सरकारले किसानलाई मारिदिनुपर्ने साहको भनाइ छ। ‘हामीलाई मल चाहियो न डिलरले दिन्छ न यहाँ कार्यालयमा आउँदा हाकिमले नै दिन्छन् यसरी कसरी किसानको […]