चीनका राष्ट्रपति सी चिनपिङले बिहीवार तिब्बतमा रहेको नीङ्ची रेलवे स्टेसनको अवलोकन गरेका छन् ।
सिचुआन–तिब्बत रेलवे परियोजना तथा ल्हासा–नीङ्ची रेलवे सेक्सनको सञ्चालनका विषयमा जानकारी लिनका लागि सी त्यहाँ पुगेका हुन् । उनले ल्हासा–नीङ्ची रेलवेमा भइरहेको निर्माणकार्यको निरीक्षण पनि गरेका छन् ।
तिब्बत भ्रमणकै क्रममा सीले ल्हासास्थित द्रेपुङ गुम्बा, बारखोर सडक तथा पोताला दरबारको पटांगिनीको समेत भ्रमण गरे ।
उनले जातीय तथा धार्मिक मामिलासँग सम्बन्धित स्थानीय कार्यको निरीक्षण गरेका छन् । प्रा...