पौडी खेल्ने क्रममा नदीमा डुबेर मृत्यु

दाङको घोराही उपमहानगरपालिका-१० नारायणपुर घर भएका १६ वर्षीय प्रशान्त वलीको तुलसीपुर उपमहानगरपालिका-११ बेलटाकुरास्थित बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर शनिबार बिहान मृत्यु भएको छ ।तुलसीपुर उपमहानगरपालिका-११ बेलटाकुरास्थित हजुरआमाको घरमा पूजामा आएको अवस्थामा उक्त नदीमा डुबी बेपत्ता भएका उनको खोजी गर्ने क्रममा सोही नदीको किनारामा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित सामग्री

नारायणी नदीमा डुबेर दाजुभाइको मृत्यु

नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र सङ्गम कुमालको नारायणी नदीमा डुबेर मृत्यु भएको हो । सोमबार दिउँसो नारायणी नदीमा पौडी खेल्ने क्रममा गैँडाकोट नगरपालिका–७ गैरी बस्ने सुमन कुमालका छोराहरू १४ वर्षीय सबिन कुमाल र नौ वर्षीय सङ्गम कुमालको डुबेर मृत्यु भएको जिल्ला …

नारायणी नदीमा डुबेर दाजुभाइको मृत्यु

नवलपरासी । नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र सङ्गम कुमालको नारायणी नदीमा डुबेर मृत्यु भएको हो ।          आज दिउँसो नारायणी नदीमा पौडी खेल्ने क्रममा गैँडाकोट नगरपालिका–७ ग...

पिकनिक खान गएका युवकको बागमती नदीमा डुबेर मृत्यु

वीरगञ्ज- पिकनिक खान गएका एक युवकको रौतहटस्थित बागमती नदीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिका-५ निवासी पारस यादव रहेका छन्। शुक्रबार आफ्नाे परिवारसहित उनी रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित नुनथरमा पिकनिक गएका थिए। साँझ यादव बागमती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। बेपत्ता भएका यादवको शुक्रबारदेखि खोजी […]

कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु

काठमाडौं, १५ जेठ । कैलालीमा दुई बालकको नदीमा डुबेर मृत्यु भएको छ । धनगढी उपमहानगरपालिकाको वडा नं ३ मा पर्ने मोहना नदीको चटकपुर–राजघाट जोड्ने पुलमुनि पौडी खेल्ने क्रममा दुई बालकको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीको अनुुसार ९ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ताको पौडी खेल्दा मृत्यु भएको हो ।

राप्तीमा डुबेर युवकको मृत्यु

राप्ती नदीमा डुबेर आज एक भारतीय युवाको मृत्यु भएको छ । भारतको रामपुर मुना पाठक गाउँका २० वर्षीय सुदीपकुमार पाठकको आज बिहान लमही नगरपालिका–६ मध्यनगरमा राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।पाठक भारतदेखि लमही–७ कमानपुरमा रहेको सम्राट सिमेन्ट उद्योगमा कच्चा पदार्थ लिएर आएका थिए । अत्यधिक गर्मीका कारण पौडी खेल्ने क्रममा पौडिन नजान्दा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख पुष्पराज थापाले जानकारी दिए । मृतकलाई लमही अस्पतालमा शव परीक्षण गरी भारत पठाइएको प्रहरी

नदीमा डुबेर विद्यार्थीको मृत्यु

२५ फागुन, लमजुङ । सुन्दरबजार नगरपालिका-९ सिउडिवारस्थित मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा सोही नगरपालिकास्थित फ्यूचर स्टार माविमा अध्ययनरत विद्यार्थीको मृत्यु भएको छ । प्रहरीका अनुसार सोही विद्यालयको होस्टेलमा बस्ने तनहुँ भानु नगरपालिका-९ बाईसजागर घर भएका १८ वर्षीय सनिस श्रेष्ठको डुबेर मृत्यु भएको हो । अन्य दुईजना साथीसँग मिलेर नदीमा पौडी खेल्ने क्रममा सनिस श्रेष्ठ डुबेर […]

मादी नदीमा डुबेर युवकको मृत्यु

तनहुँ । मादी नदीमा पौडी खेल्ने क्रममा मङ्गलबार एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–२ निवासी २२ वर्षीय सतिश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार व्यास–७ दुलेपानी सिसौघारी नजिकैको मादी नदीमा दिउँसो पौडी खेल्न गएका अधिकारी डुबेर बेपत्ता भएका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरीले खोजीकार्य […]

मादी नदीमा डुबेर युवकको मृत्यु

तनहुँ। मादी नदीमा पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा व्यास नगरपालिका–२ निवासी २२ वर्षीय सतिश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्रहरीका अनुसार व्यास–७ दुलेपानी सिसौघारी नजिकैको मादी नदीमा दिउँसो पौडी खेल्न गएका अधिकारी डुबेर बेपत्ता भएका थिए। घटनाको जानकारी पाएलगत्तै प्रहरीले खोजीकार्य थालेकामा दिउँसो ५ बजे मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ।

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

पौडी खेल्ने क्रममा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको माथागढी–३, अगहनी बस्ने १५ वर्षीय योगेश सुनारीको पौडी खेल्ने क्रममा तिनाउ नदीमा डुबेर मृत्यु भएको हो ।

पौडी खेल्ने क्रममा डुबेर मृत्यु

बुटवल : पाल्पाको तिनाउ नदीमा डुबेर एक युवकको मृत्यु भएको छ। तिनाउ गाउँपालिका- ३ हेडबक्सनजिकै पौडी खेल्ने क्रममा डुबेर अर्घाखाँची सन्धिखर्क नगरपालिका- १ का १८ वर्षीय सुशील श्रेष्ठको मृत्यु भएको हो।  श्रेष्ठको शव नदीबाट निकालेर लुम्बिनी अ‌ंचल अस्पतालमा राखेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।