लुम्बिनीका दुई प्रादेशिक अस्पतालमा टिकट र शय्या निःशुल्क

१ साउन, बुटवल । लुम्बिनी प्रदेशका दुईवटा प्रादेशिक अस्पतालमा बहिरंग (ओपीडी) र इमर्जेन्सी टिकट तथा जनरल बेड (शय्या) निःशुल्क भएको छ । प्रदेश सरकार मातहतमा रहेका बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र दाङको राप्ती प्रादेशिक अस्पतालमा टिकट र जनरल बेड निःशुल्क भएको हो । आइतबार बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा मुख्यमन्त्री कुलप्रसाद केसीले बिरामी बेनिमाया थापालाई निःशुल्क […]

सम्बन्धित सामग्री

महानगरका निजी अस्पतालले विपन्नका लागि १० प्रतिशत शय्या निःशुल्क छुट्याउनुपर्ने

मासिक हजारभन्दा बढी बिरामी लाभान्वित हुने  काठमाडौं महानगरपालिकाभित्र रहेको निजी अस्पतालले विपन्न, बेवारिसे र असहाय बिरामीका लागि १० प्रतिशत शय्या अनिवार्य एवं नि:शुल्क रूपमा उपलब्ध गराउनुपर्ने भएको छ । सरकारले यसअघि सबै...

हेटौंडा अस्पतालमा एक सय ७५ शय्या निःशुल्क

मकवानपुर- हेटौंडा अस्पतालमा एक सय ७५ शय्या निःशुल्क गरिएको छ। बागमती प्रदेश सरकारले यही भदौ १ गतेदेखि प्रदेश सरकार मातहतका अस्पतालमा सामान्य शय्या निःशुल्क गराउने निर्णय गरेअनुरूप हेटौंडा अस्पतालले पनि सेवा दिन थालेको अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईंले बताए। प्रदेशका स्वास्थ्यमन्त्रीको मन्त्रिस्तरीय निर्णयबाट अस्पतालमा उपलब्ध शय्यामध्ये क्याबिन, एनआइसियु र आइसियुबाहेक शय्या निःशुल्करूपमा उपलब्ध गराउनु […]

रत्ननगर बकुलहर अस्पतालका ७६ शय्या निःशुल्क

पूर्वी चितवनमा रहेको रत्ननगर बकुलहर अस्पतालका ७६ शय्या निःशुल्क गरिएको छ। बागमती प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयको निर्देशनपछि अस्पतालले शय्या निःशुल्क गरेको हो।

रत्ननगर बकुलहर अस्पतालका ७६ शय्या निःशुल्क

पूर्वी चितवनमा रहेको रत्ननगर बकुलहर अस्पतालका ७६ शय्या निःशुल्क गरिएको छ। बागमती प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयको निर्देशनपछि अस्पतालले शय्या निःशुल्क गरेको हो।

बकुलहर अस्पतालको शय्या निःशुल्क

चितवन– पूर्वी चितवनमा रहेको रत्ननगर बकुलहर अस्पतालका ७६ शय्या निःशुल्क गरिएको छ । बागमती प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयको निर्देशनपछि अस्पतालले शय्या निःशुल्क गरेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन ज्ञवालीका अनुसार भदौ १ गतेदेखि अस्पतालमा रहेका ९० शय्यामध्ये ७६ शय्या निःशुल्क गरिएको छ । उनका अनुसार अस्पतालका क्याबिन, सघन र बाल सघन उपचार कक्ष गरी […]

भरतपुर अस्पतालमा चार सय शय्या निःशुल्क

भरतपुर अस्पतालले अन्तरङ्ग सेवाका चार सय जनरल बेड (शय्या) निःशुल्क गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन अनुसार अस्पतालले शुक्रबारदेखि शय्या निःशुल्क उपलब्ध गराएको हो।

दुई साताभित्र सङ्घीय अस्पतालका सबै शय्या निःशुल्क बनाइने

सेवामूलक गैरसरकारी संस्था विजेन नेपालनवौँ वर्षमा प्रवेश गरेको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री बस्नेतले आगामी दुई साताभित्र मुलुकका सबै सङ्घीय अस्पतालका सबै शय्या पनि निःशुल्क बनाइने जानकारी दिए।...

अबदेखि वीर अस्पतालका सातसय शय्या निःशुल्क

काठमाण्डाै – वीर अस्पतालले सात सय वटा जनरल शय्या निःशुल्क गराएको छ । हिजो बसेको अस्पतालको कार्यकारी परिषद्को बैठकले सात सय वटा जनरल बेड निःशुल्क गर्ने निर्णय गरेको हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा अस्पतालले सात सय वटा बेड निःशुल्क गराएको हो । यसअघि वीर अस्पतालले जेनरल बेडको दुई सय रुपैयाँ शुल्क लिने गरिएको थियो । जेनरल बेड निःशुल्क गरिए पनि वीरको क्याबिन तथा आईसीयुको शुल्क कायमै छ । वीर अस्पतालमा ९ सय ५० वटा शय्या छन् । ...

सङ्घीय १६ अस्पतालबाट तीन हजार ५२३ शय्या निःशुल्क उपलब्ध

सरकारले देशभरका अस्पतालबाट तीन हजार ५२३ शय्या निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घअन्तर्गतका १६ अस्पतालबाट गरिब, विपन्न, बेवारिसे तथा असायहरुको उपचारका लागि तीन हजार ५२३ वटा शय्या निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।