हेटौंडा अस्पतालमा एक सय ७५ शय्या निःशुल्क

मकवानपुर- हेटौंडा अस्पतालमा एक सय ७५ शय्या निःशुल्क गरिएको छ। बागमती प्रदेश सरकारले यही भदौ १ गतेदेखि प्रदेश सरकार मातहतका अस्पतालमा सामान्य शय्या निःशुल्क गराउने निर्णय गरेअनुरूप हेटौंडा अस्पतालले पनि सेवा दिन थालेको अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईंले बताए। प्रदेशका स्वास्थ्यमन्त्रीको मन्त्रिस्तरीय निर्णयबाट अस्पतालमा उपलब्ध शय्यामध्ये क्याबिन, एनआइसियु र आइसियुबाहेक शय्या निःशुल्करूपमा उपलब्ध गराउनु […]

सम्बन्धित सामग्री

क्यान्सर अस्पतालका निर्देशक पौडेलको पहिलो निर्णयः सम्पूर्ण साधारण शय्या निःशुल्क

पदभार ग्रहण गर्दैगर्दा पौडेलले शय्या निःशुल्क गर्ने टिप्पणीमा पहिलो हस्ताक्षर गरेका थिए। अस्पतालमा कुल चार सय ५० शय्या रहेका छन्। यसमा तीन सय ५० हाराहारी जनरल शय्या छन्। अस्पतालले भर्ना भएका बिरामीलाई खाना निःशुल्क उपलब्ध गराउँदै आएको छ।

बकुलहर अस्पतालको शय्या निःशुल्क

चितवन– पूर्वी चितवनमा रहेको रत्ननगर बकुलहर अस्पतालका ७६ शय्या निःशुल्क गरिएको छ । बागमती प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयको निर्देशनपछि अस्पतालले शय्या निःशुल्क गरेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन ज्ञवालीका अनुसार भदौ १ गतेदेखि अस्पतालमा रहेका ९० शय्यामध्ये ७६ शय्या निःशुल्क गरिएको छ । उनका अनुसार अस्पतालका क्याबिन, सघन र बाल सघन उपचार कक्ष गरी […]

भरतपुर अस्पतालमा चार सय शय्या निःशुल्क

भरतपुर अस्पतालले अन्तरङ्ग सेवाका चार सय जनरल बेड (शय्या) निःशुल्क गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन अनुसार अस्पतालले शुक्रबारदेखि शय्या निःशुल्क उपलब्ध गराएको हो।

वाग्मती प्रदेशका १३ अस्पतालमा क्याबिन र आईसीयूबाहेक सबै बेड निःशुल्क

२९ साउन, काठमाडौं । आउँदो भदौ १ गतेदेखि बाग्मती प्रदेशका सबै प्रादेशिक अस्पतालहरूमा बिरामी भर्ना सेवा निःशुल्क हुने भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले आइतबार सूचना जारी गर्दै निःशुल्क रूपमा बिरामी भर्ना गर्न प्रदेश मातहतका अस्पतालहरूलाई निर्देशन दिएको छ । ती अस्पतालका क्याबिन, एनआईसियू र आईसीयूबाहेक अरू सबै शय्या निःशुल्क गरिनेछ । प्रदेशअन्तर्गत १३ जिल्लाका […]

भोलिदेखि उपत्यकाका २ हजार २८ शैय्या निशुल्क

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बिहीबारदेखि काठमाडौँ उपत्यकाका सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि दुई हजार २८ शय्या निःशुल्क गरिने बताएका छन्। बिहीबारदेखि उपत्यकाका गङ्गालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले विपन्नका लागि निःशुल्क शय्या उपलब्ध गराउने उनले जानकारी दिए। ‘कान्तिबाल अस्पतालले ६० शय्या, परोपकार […]

भोलिदेखि उपत्यकामा दुई हजार २८ शय्या निःशुल्क

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले भोलिदेखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि  दुई हजार २८ शय्या निःशुल्क गरिने बताएका छन् । बिहीबारदेखि उपत्यकाका गङ्गालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले विपन्नका लागि निःशुल्क शय्या...

अबदेखि वीर अस्पतालका सातसय शय्या निःशुल्क

काठमाण्डाै – वीर अस्पतालले सात सय वटा जनरल शय्या निःशुल्क गराएको छ । हिजो बसेको अस्पतालको कार्यकारी परिषद्को बैठकले सात सय वटा जनरल बेड निःशुल्क गर्ने निर्णय गरेको हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा अस्पतालले सात सय वटा बेड निःशुल्क गराएको हो । यसअघि वीर अस्पतालले जेनरल बेडको दुई सय रुपैयाँ शुल्क लिने गरिएको थियो । जेनरल बेड निःशुल्क गरिए पनि वीरको क्याबिन तथा आईसीयुको शुल्क कायमै छ । वीर अस्पतालमा ९ सय ५० वटा शय्या छन् । ...

लुम्बिनीका दुई प्रादेशिक अस्पतालमा टिकट र शय्या निःशुल्क

१ साउन, बुटवल । लुम्बिनी प्रदेशका दुईवटा प्रादेशिक अस्पतालमा बहिरंग (ओपीडी) र इमर्जेन्सी टिकट तथा जनरल बेड (शय्या) निःशुल्क भएको छ । प्रदेश सरकार मातहतमा रहेका बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र दाङको राप्ती प्रादेशिक अस्पतालमा टिकट र जनरल बेड निःशुल्क भएको हो । आइतबार बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा मुख्यमन्त्री कुलप्रसाद केसीले बिरामी बेनिमाया थापालाई निःशुल्क […]

अस्पतालका दुई हजार शय्या निःशुल्क

सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचार निःशुल्क गर्ने अभियानले सफलता पाइरहेको छ। सरकारले विपन्नका लागि निःशुल्क गराएका अस्पतालको शय्या दुई हजार २८ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि अस्पतालको १० प्रतिशत शय्या निःशुल्क उपचार हुने व्यवस्था मिलाउन सबै स्थानीय तहलाई निर्देशन दिएको थियो। मन्त्रालयले बुधबार उपत्यकाका गङ्गालाल हृदय रोग केन्द्र, परोपकार प्रसूतिगृह, कान्ति बाल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि विपन्नका लागि निःशुल्क शय्या व्यवस्था गर्ने निर्णय गरेको छ। कान्ति बाल अस्पतालले ६०, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले ४५०, ट्रमा सेन्टरले १५०, सहिद गङ्गालाल हृदय केन्द्रले ९० शय्या निःशुल्क गर्ने निर्णय गरिएको हो। यसअघि सात सय शय्या वीरमा र ३३० शय्या विराटनगरस्थित कोशी अस्पताले निःशुल्क गर्ने निर्णय भएको थियो। योसँगै अब विपन्नका लागि विभिन्न अस्पतालमा निःशुल्क घोषणा गरिएको शय्या सङ्ख्या दुई हजार २८ पुगेको छ। मन्त्रालयका अनुसार बिस्तारै अन्य केन्द्रीय अस्पतालमा पनि विपन्नका लागि निःशुल्क शय्या थपिँदै जाने छन्। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले केन्द्रीय स्तरका सरकारी अस्पतालमा विपन्न परिवारलाई निःशुल्क उपचार गर्ने व्यवस्थालाई तीव्रता दिने बताउनुभयो। उहाँले यस अभियान अन्तर्गत छ वटा सङ्घीय अस्पतालका ती शय्यामा रहेर उपचार गर्दा अन्य कुनै

भोलिदेखि उपत्यकामा दुई हजार २८ शय्या निःशुल्क

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले भोलिदेखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि दुई हजार २८ शय्या निःशुल्क गरिने बताउनुभएको छ।