जीतु नेपालको व्यङ्ग्य – कलाकारले गर्ने गाईजात्रा के गाईजात्रा !

लोकप्रिय हास्य कलाकार हुन्, जीतु नेपाल । फिल्म, टेलिफिल्म होस् वा स्टेज कार्यक्रम नै किन नहोस्, दर्शक हँसाउन माहिर छन् उनी । पछिल्लो समय ‘मुन्द्रेको कमेडी क्लब’ नामक कमेडी शो मार्फत दर्शक मनोरञ्जन गराउँदै आएका उनले समसामयिक राजनीतिक लगायत सबै विषयमा व्यङ्ग्यका प्रस्तुति दिँदै आएका छन् । प्रहसनमा मात्र होइन उनी सामाजिक सञ्जालमा पनि समय सान्दर्भिक टिप्पणी गर्न खप्पिस छन् ।बुधबार भने उनले बागमती प्रदेशमा भएको राजनीतिक गतिविधि माथि व्यङ्ग्य गरेका छन् । बागमती प्रदेशमा भएको सरका

सम्बन्धित सामग्री

हास्य–व्यङ्ग्य पर्व ‘गाईजात्रा’

हास्य–व्यङ्ग्य पर्व ‘गाईजात्रा’लाई लक्षित गर्दै यससम्बन्धी सामग्री बजारमा आउने क्रमसँगै प्रहसन पनि सुरु भएको छ । काठमाडौँमा कमलादीमा रहेको प्रज्ञा–प्रतिष्ठान र जमलमा रहेको नाचघरमा दुई समूहले दर्शकलाई मनोरञ्जन दिइरहेका छन् । पुरानासँगै नयाँ पुस्ताका कलाकारले भरिएको कार्यक्रम यही भदौ १० गतेसम्म चल्नेछ ।

‘गाईजात्रा’ को तयारीमा कलाकार

काठमाडौं : ‘गाईजात्रा’लाई हाँस्य कलाकारले भव्यरूपमा मनाउने गर्छन्। सो दिन समाजमा देखिएको विकृतिलाई उनीहरूले आफ्नो प्रहसनमार्फत प्रस्तुत गर्ने गर्छन्।यसले समाजलाई हाँस्य शैलीमा भए पनि त्यसको नकारात्मकताबारे सचेत गराइन्छ। यद्यपि केही वर्षदेखि हाँस्य कलाकारमाझ नै यसको उत्साह घटेको पाइन्छ।कुनै समय काठमाडौँमा दुईदेखि तीन समूहसम्मले गर्ने ‘गाईजात्रा’ प्रहसन अहिले एक ठाउँमा मुस्किलले हुन्छ। वर्षभरिका राजनीतिक, सामाजिक लगायतका विकृतिप्रति खुलेर व्यङ्ग्य प्रहार गर्ने पर्वलाई भौतिक

गाईजात्राका अवसरमा हास्य कलाकारद्वारा नेताहरूप्रति व्यङ्ग्य

काठमाडौँ- गाईजात्राका अवसरमा हास्य कलाकारहरूले मुलुकको वर्तमान अवस्थाका बारेमा नेताहरूप्रति व्यङ्ग्य गरेका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाडौँमा आयोजना गरेको गाईजात्रा विशेष साक्षात्कार कार्यक्रममा देशका चर्चित हास्य कलाकारहरुले विभिन्न क्षेत्रको समसामयिक अवस्थाको सम्बन्धमा चोटिलो व्यंग्य गरेका हुन् । कार्यक्रममा हास्य कलाकार शैलेन्द्र सिम्खडाले पछिल्लो समय नेताहरूले जनता हँसाउन र कलाकारहरू पार्टीमा हाम फाल्न थालेको […]

व्यङ्ग्य : राँगोजात्रा !

देशमा गणतन्त्र आएको पनि निकै भइसक्यो। हाम्रो देशमा गणतन्त्र आएपछि संसारमा अनेक परिवर्तन भइसके। हाम्रै देशमा पनि चरीको आहारासमेत बुत्याउन नसक्ने हाम्रा नेताका भुँडीमा समेत कत्राकत्रा हात्तीहरू सजिलै अटाउने भइसके।देशले विकासको काँचुली फेर्दा फेर्दा दिक्क भएर दुई तिहाई बहुमतका सरकार समेत फेर्न थालिसक्यो। तर, जग हँसाएर स्वास्नी केटाकेटी पाल्नेहरूले भने अहिलेसम्म पनि हामी केटाकेटी नै हुँदाको जस्तो गाईजात्रा नै मनाउँदै रहेछन्।राजतन्त्रका पालाको गाईजात्रा गणतन्त्रको उत्तरार्द्धमा पुग्दासमेत यौटा नामसम्

गाईजात्रा प्रहसन र पुराना कलाकारहरु

गाईजात्रा ऐतिहासिक रुपले हर्दा प्राताप मल्लसँग जोडिन्छ भने हास्य कलाकारको चाहीँ नयाँ  हास्य व्यङ्ग्य प्रस्तुत गर्ने अवसर मानिन्छ। गाईजात्रा प्रहसन सुरुसुरुमा चोक डबलीमा प्रदर्शन हुँदै आए पनि संगठित रुपमा २०३३ साल तिर तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा छरिएका हाँस्य कलाकारहरुलाई एक सुत्रमा बाँधि गाईजात्राको अवसरमा एक हप्तासम्म गाईजात्रा महोत्सव मनाएर प्रज्ञा प्रतिष्ठनको रंगमञ्चमा प्रहसन प्रदर्शन […]

गाईजात्रामा कमेडी : पहिले कलात्मक, अहिले छाडा र उच्छृङ्खल !

‘गाईजात्रा’को धार्मिक महत्त्व एक प्रकारको छ । सांस्कृतिक महत्त्वको पाटो अलग छ । कलाकारका हिसाबले हेर्ने हो भने राजनीतिक, सामाजिक लगायत हरेक क्षेत्रका विकृतिप्रति खुलेर व्यङ्ग्य गर्ने पर्व हो ‘गाईजात्रा’ । त्यसैले यो पर्वलाई हाँसो र ठट्टाको पर्वका रूपमा पनि लिइँदै आएको छ । जनैपूर्णिमाको भोलिपल्टदेखि अष्टमिसम्म ८ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव हो ‘गाईजात्रा’ ।यो पर्वमा हाम्रा कलाकारहरू राजनीतिक घोचपेच गर्ने, सामाजिक विषयवस्तुमाथि तीखो व्यङ्ग्य

यादव खरेलको सम्झनामा उहिलेको गाईजात्रा

पुत्र वियोगमा परेकी आफ्नी रानीलाई शोकबाट बाहिर ल्याउन राजा प्रताप मल्लले गाईजात्रा मनाउने चलन सुरु गरेका हुन्। तर, गाईजात्राका दिनमा हास्यव्यङ्ग्य प्रहसन गर्ने परम्परा कहिलेदेखि सुरु भयो भन्ने ठ्याक्कै इतिहास स्पष्ट छैन ।  जानकारहरुका अनुसार पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै २०१७ साल पुस १ गतेको शाही 'कू' पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । २०३३ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रूपमा झाँकी र हास्य व्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो । पहिले पहिले गाईजात्रा डबलीमा हुन्थ्यो । ...

कलाकारको सम्झनामा गाईजात्राको इतिहास : कसरी भयो व्यङ्ग्यको सुरुवात  ?

‘गाईजात्रा’ नेवारहरूको मौलिक पर्व मानिन्छ । मृतकको सम्झनामा गाई, झाँकी, व्यङ्ग्य, प्रहसनलगायत प्रदर्शन गर्ने दिन भनेर गाईजात्रा बुझ्ने गरिन्छ । तत्कालीन राजा प्रताप मल्लले छोराको शोकमा रहेकी पत्नीको मन शान्त पार्न यो चलन चलाएका थिए । उनले युवराज मात्र होइन, देशैभरि अन्य धेरै व्यक्ति मरेका हुन्छन् भनेर गाईजात्राको सुरुवात गरेको इतिहास छ ।गाईको झाँकीले मात्र नपुगेर रानीलाई बहलाउन व्यङ्ग्य, प्रहसनजस्ता क्रियाकलाप गर्दा रानी खुसी भएकाले उक्त समयदेखि यो दिनमा हाँसो मजाकको सुरुवात भए

गाईजात्रे झटारो : ‘बालकोटको बार्दली’देखि ‘बकम्फुसाय नमः’ सम्म

‘गाईजात्रा’ शब्दलाई नेपाली समाजमा सधैँजसो बिम्बको रुपमा प्रयोग गरिन्छ । तर पनि वर्षमा एक दिन पर्ने ‘गाईजात्रा’ पर्वको आफ्नै महत्त्व राख्छ । राजनीतिक, सामाजिकलगायत हरेक क्षेत्रका विकृतिप्रति खुलेर व्यङ्ग्य गर्ने पर्व हो ‘गाईजात्रा’ ।अवस्था अहिले हाँसो ठट्टाको छैन । कोरोनाको आतंक यथावत छ । कोरोना महामारीकै कारण कतिपय बेसहारा, बेरोजगार भएका छन् भने कतिपयले वियोग सहेका छन् । अवस्था दुई वर्ष अगाडिजस्तो हुन्थ्यो भने यतिबेला सहरका विभिन्न सभाहलहरु हास्य व्यङ्ग्यका का