‘गाईजात्रा’ नेवारहरूको मौलिक पर्व मानिन्छ । मृतकको सम्झनामा गाई, झाँकी, व्यङ्ग्य, प्रहसनलगायत प्रदर्शन गर्ने दिन भनेर गाईजात्रा बुझ्ने गरिन्छ । तत्कालीन राजा प्रताप मल्लले छोराको शोकमा रहेकी पत्नीको मन शान्त पार्न यो चलन चलाएका थिए । उनले युवराज मात्र होइन, देशैभरि अन्य धेरै व्यक्ति मरेका हुन्छन् भनेर गाईजात्राको सुरुवात गरेको इतिहास छ ।गाईको झाँकीले मात्र नपुगेर रानीलाई बहलाउन व्यङ्ग्य, प्रहसनजस्ता क्रियाकलाप गर्दा रानी खुसी भएकाले उक्त समयदेखि यो दिनमा हाँसो मजाकको सुरुवात भए