कमलपोखरी पुनर्निर्माण पूरा नहुँदै काठमाडौंवासीका लागि आकर्षणको केन्द्र बन्दै गएको थियो । पोखरी हेर्न परिसरमा भीड लाग्न थालिसकेको थियो । जाडो सुरू भएसँगै घाम ताप्नेको संख्या ह्वात्तै बढ्यो । तर नियमित सरसफाइ र व्यवस्थापनमा बेवास्ता गरिँदा आकर्षक पोखरी कुरूप बन्दै गएको छ ।