केजी इन्टरकन्टिनेन्टलले ल्यायो विन्टर अफर, एसवाईएम मोटरसाइकलमा विशेष छुट

के।जी। इन्टरकन्टिनेन्टलले विन्टर अफर ल्याएको छ । कम्पनीले नेपाली बजारमा बिक्री वितरण गरिरहेको एसवाईएम मोटरसाइकलमा यो अफर अन्तर्गत विशेष छुट प्रदान हुने बताइएको छ । माघ ९ गते आइतबारबाट यो अफर देशभरका सबै शोरुममा लागु हुने प्रा।लि।ले जनाएको छ । यो अफर माघ अन्तिमसम्म मात्रै लागु हुनेछ । अफर अन्तर्गत एसवाईएमको एनएचटी२०० बाइक खरिद गर्दा ग्राहकले नगद १० हजार रुपैयाँ छुट पाउनेछन् ।त्यस्तै कम्पनीले एक्स्चेन्ज गर्ने ग्राहकको सुविधालाई मध्यनजर गर्दै पुरानो मोटरसाइकल तथा स्कुटरको बजार मूल्य भन्दा अतिरिक्त १५ हजार रुपैयाँ थप मूल्यांकन गरिने बताइएको छ । नेपाली बजारमा एसवाईएमको एनएचटी२०० बाइक लोकप्रिय बन्दै गइरहेको र यो अफरले ग्राहकहरु अझै बढी आकर्षित हुने कम्पनीले विश्वास लिएको छ ।काठमाडौंमा कमलपोखरी, टेकु, चाबहिल र बनेपा तथा संखुवासभा, इलाम, पोखरा, चितवन एसवाईएमको शोरुम सञ्चालनमा आएको जनरल म्यानेजर प्रमिला खत्रीले जानकारी दिइन् । एसवाईएम ताइवानको कम्पनी हो । यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय रहेको खत्रीले बताइन् । यो बाइक १८३ सिसीमा बजारमा उपलब्ध छ । एफआई इन्जिन, लिक्विड कुलिङ इन्जिन, सिट हाइट ८१०एमएम, फ्युल ट्याङक ११ लिटर लगायतका विशेषता यसमा छन् । अत्याधिक पावर १३।५ किलोवाट, ८५०० आरपिएम, अत्याधिक टर्क १५।७ एमएम र ७५०० आरपिएम छ । ६ वटा गियर स्पिड, डवल च्यानल एबिएस ब्रेकिङ सिस्टम लगायतका विशेषता यो मोटरसाइकलमा रहेका छन् । अगाडिको टायर साइज १००/९०–१९ र पछाडिको टायर साइज १३०/८०–१७ रहेको खत्रीले जानकारी दिइन् । यो बाइकमा फुल एलइडी लाइट छ । १२५ किमी पर आवर हाइस्पिड क्षमता छ । बाइकको माइलेज पनि राम्रो रहेको कम्पनीले जनाएको छ ।यो बाइकको मूल्य नेपाली बजारमा ६ लाख २५ हजार रुपैयाँ तोकिएको छ । रेड, ब्राउन, ब्लु र ब्ल्याक कलरमा बाइक उपलब्ध छ । स्पेयर्स पार्टससमेत नेपाली बजारमा ग्राहकले सुपथ मूल्यमा प्राप्त गर्नसक्ने खत्रीले जानकारी दिइन् । बिक्री पछिको सेवालाई मध्यनजर गर्दै पाँच ठाउँमा कम्पनीले सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेको छ । एक वर्षभित्र नेपाली बजारमा एक हजार बाइक बिक्री गर्ने कम्पनीले लक्ष्य लिएको छ ।

सम्बन्धित सामग्री

केजी इन्टरकन्टिनेन्टलको विन्टर अफर

केजी इन्टरकन्टिनेन्टल प्रालिले विन्टर अफर ल्याएको जनाएको छ । कम्पनीले नेपाली बजारमा बिक्री वितरण गरिरहेको एसवाईएम मोटरसाइकलमा यो अफर अन्तर्गत विशेष छुट प्रदान हुने बताइएको छ ।यो अफर देशभरका सबै शोरुममा लागू हुने प्रालिले जनाएको छ । यो अफर माघ अन्तिमसम्म मात्रै लागु हुनेछ । अफर अन्तर्गत एसवाईएमको एनएचटी२०० बाइक खरिद गर्दा ग्राहकले नगद १० […]

एसवाईएमको एड्भेन्चर मोटरसाइकलमा आजबाट विशेष छुट

काठमाडौं । केजी इन्टरकन्टिनेन्टल प्रालिले विन्टर अफर ल्याएको छ । कम्पनीले नेपाली बजारमा विक्री वितरण गरिरहेको एसवाईएमको एड्भेन्चर मोटरसाइकलमा नयाँ अफर ल्याएको हो । आजबाट आइतबारबाट लागु हुने यो अफर माघ अन्तिमसम्म मात्रै लागु कम्पनीले जनाएको छ । यस अफर अन्तर्गत एसवाईएमको एनएचटी२०० बाइक खरिद गर्दा ग्राहकले नगद १० हजार रुपैयाँ छुट पाउनेछन् । त्यस्तै […]

केजी इन्टरकन्टिनेन्टलले ल्यायो विन्टर अफर, एसवाईएम मोटरसाइकलमा विशेष छुट

काठमाडौँ –केजी इन्टरकन्टिनेन्टल प्रालिले विन्टर अफर ल्याएको छ। कम्पनीले नेपाली बजारमा बिक्री वितरण गरिरहेको एसवाईएम मोटरसाइकलमा यो अफरअन्तर्गत विशेष छुट प्रदान हुने बताएको छ। माघ ९ गते आइतबारबाट यो अफर देशभरका सबै शोरुममा लागू हुने कम्पनीले जनाएको छ। यो अफर माघ मसान्तसम्ममात्रै लागू हुनेछ। अफरअन्तर्गत एसवाईएमको एनएचटी २०० बाइक खरिद गर्दा ग्राहकले नगद १० हजार […]

केजी इन्टरकन्टिनेन्टलले ल्यायो विन्टर अफर, एसवाईएम मोटरसाइकलमा विशेष छुट

काठमाडौं । केजी इन्टरकन्टिनेन्टल प्रा.लि.ले विन्टर अफर ल्याएको छ । कम्पनीले नेपाली बजारमा बिक्री गरिरहेको एसवाईएम मोटरसाइकलमा यो अफर ल्याएको हो । माघ ९ गतेबाट यो अफर देशभरका सबै शोरुममा लागु हुने जनाइएको छ । यो योजना माघमसान्तसम्म मात्रै लागु हुनेछ । अफर अन्तर्गत एसवाईएमको एनएचटी २०० बाइक खरिद गर्दाे...