काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई राज्यकोषको रकमबाट भारतमा उपचार गर्न लगिएको विषयमा आज रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रष्टीकरण दिएका छन् । उनले नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै राष्ट्रपतिको उपचार खर्च सरकारले व्यहोर्नु कानूनसम्मत भएको जिकिर गरे । मन्त्री खड्काले राष्ट्रपति पौडेल आफ्नो वा परिवारको इच्छाले उपचारका लागि भारत नगएको प्रस्ट पारे । डाक्टरहरुको सुझावअनुसार राष्ट्रपतिलाई […]