एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले अहिलेको पाँंच दलीय गठबन्धन कुहिएको गठबन्धन भएको बताएका छन् । यो गठबन्धन कुहिसकेकाले चाँंडै टुट्ने उनले दाबी गरेका छन् ।‘जसरी फल कुहिनेवित्तिकै झर्दैन र केही समय लाग्छ, यो गठबन्धनको हालत पनि यस्तै भइसक्यो,’ उनले भने, ‘कुहिएको फल छुट्न थालेसँंगै गठबन्धन छुट्न थाल्छ ।’ भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित शान्ति निकेतन माविको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बुधबार उनले गठबन्धन किन टुट्छ भन्ने विषयमा भने कु