महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले विपद्का समय निःस्वार्थ भावनाले मानवीय सेवामा सक्रिय रेडक्रसकर्मीको भूमिका अतुलनीय रहेको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी ४१ औँ राष्ट्रिय जुनियर तथा युवा रेडक्रसको दुई दिने गोष्ठीको शनिबार पोखरामा उद्घाटन गर्नुहुँदै मन्त्री आचार्यले रेडक्रसका स्वयंसेवक सरकारको सहयोगी बनेर देशमा विपद् र स्वास्थ्य क्षेत्रमा सेवा गर्दै आएको बताउनुभयो …