एलपीजी ग्यासमा प्रतिसिलिन्डर १ हजार ५० रुपैयाँ घाटा

खाना पकाउने एलपीजी ग्यासमा सरकारलाई घाटा रकमको अन्तर बढ्दै गएको छ । नेपाल आयल निगमले दिएको जानकारीअनुसार अनुदानस्वरुप दिने रकमको घाटा चुलिँदै गएको हो ।हाल एलपीजी ग्याँसको लागत मूल्य प्रतिसिलिन्डर २ हजार ६५० रुपैयाँ छ । जसको बिक्रीमूल्य प्रतिसिलिन्डर १ हजार ६०० रुपैयाँ छ । निगमको पछिल्लो तथ्यांकअनुसार एलपीजी ग्याँसको बिक्र...

सम्बन्धित सामग्री

भारतमा ग्यासको मूल्य बढ्यो

भारतमा घरेलु एलपीजी ग्यास सिलिन्डरको मूल्य बुधबार ५० भारुले बढेको छ । बढेको मूल्य आजदेखि नै लागू हुने बताइएको छ । समाचार एजेन्सी एएनआईका अनुसार राजधानी दिल्लीमा अब एलपीजी ग्यासका लागि प्रयोगकर्ताले १ हजार ५२ भारु तिर्नुपर्नेछ । त्यस्तै, ५ किलोग्रामको घरेलु सिलिन्डरको मूल्य पनि १९ भारुले बढेको छ भने १९ किलोग्रामको व्यावसायिक सिलिन्डरको मूल्य साढे ८ सयले कम भएको छ । गत हप्ता पनि व्यावसायिक सिलिन्डरको मूल्य २ सय रुपैयाँले कम भएको थियो ।बीबीसी

भारतबाट एघार महिनामा २ खर्ब ६७ अर्बको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात

काठमाडौं, ८ असार : नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा २ खर्ब ६७ अर्ब २९ करोड ९८ लाख ४२ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास भारतबाट आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपाल भित्रिएको हो । […]

एलपीजी ग्यासको खपत घटाउन विद्युत महसुलमा छुट दिइन्छ : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले खाना पकाउने एलपीजी ग्यासको खपत घटाउन विद्युत महशुलमा छुट दिने बताएका छन् । सरकारले आगामी आर्थिक वर्षदेखि विद्युतको खपत बढाउँदै ग्यासको खपत घटाउन महसुलमा छुट दिन लागेको जानकारी दिए ।आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै मन्त्री बडूले भने, ‘खाना पकाउन प्रयोग हुने एलपी ग्यासको खपत न्यूनीकरण गर्ने र विद्युतको खपत बढाउन विद्युत महशुलमा सहुलियत दिइ राहत प्रदान गर्ने तयारी भइरहेको छ ।’ यसैगरी, विद्युतीय चुलो लगायत विद्युतीय सामान प

एलपीजी ग्यासमा दिँदै आएको अनुदान हट्ने, खाना पकाउने ग्यासको मूल्य बढ्ने

खाना पकाउने एलपीजी ग्यासको मूल्य बढ्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षदेखि एलपीजी ग्यासमा दिँदै आएको अनुदान हटाउने घोषणा गरेसँगै मूल्य बढ्ने भएको हो । हाल सरकारले एलपीजी ग्यासमा प्रतिसिलिन्डर ८०० रुपैयाँ अनुदान दिँदै आएको छ । यससँगै उपभोक्ताले ग्यास सिलिन्डर खरिद गर्न १८०० रुपैयाँ तिर्नुपर्थ्यो । जुन, मूल्य अब बढ्ने भएको हो ।यसैगरी, सरकारले आगामी ३ महिना भित्रका सबै सार्वजनिक कार्यालय र आवास एलपीजी ग्याँस मुक्त बनाउने भएका छ । ती स्थानमा विद्युतीय चुलोको प्रयोग गरिनेछ ।

दश महिनामा २ खर्ब ३० अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ नेपाल भित्रियो

चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो दश महिनामा भारतबाट २ खर्ब ३० अर्ब ५५ करोड ४४ लाख ६२ हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपीजी ग्यास नेपाल भित्रिएको छ । अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा एक वर्षको अवधिमा भित्रिएको भन्दा ७० अर्ब रुपैयाँभन्दा बढीको पेट्रोल, डिजेल र एलपीजी ग्यास यस वर्षको पहिलो दश महिनामा भित्रिएको भन्सार विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष नेपालले भारतबाट १ खर्ब ६० अर्ब ५४ करोड ४४ लाख ६० हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपीजी ग्यास आयात गरेको थियो ।  विभागले आज

भारतमा खाना पकाउने ग्यासको मूल्यमा पुनः वृद्धि

पछिल्लो दुई हप्तामा भारतमा दोस्रो पटक एलपीजी सिलिन्डरको मूल्य बढेको छ ।खाना पकाउने ग्यासको मूल्य ३.५० भारु बढाइएको छ । यसका साथै खाना पकाउनका लागि प्रयोग हुने एलपीजी सिलिन्डरको नयाँ मूल्य १,००३ भारु पुगेको छ ।Cooking gas LPG price hiked by Rs 3.50 per cylinder, now costs Rs 1,003 in Delhi: Oil co price notification— Press Trust of India (@PTI_News) May 19, 2022मे महिनाको सात तारिखमा एलपीजी सिलिन्डरको मूल्य बढाइएको थियो र त्यतिबेला प्रत्येक सिलिन्डरमा ५० भारु बढेको थियो ।भारतमा ग्यास