चालू आर्थिक वर्षको ८ महिनामा नेपालले १ खर्ब ६७ अर्ब ८२ करोड रुपैयाँको पेट्रोलियम पदार्थको आयात गरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको साउनदेखि फागुनसम्मको तथ्यांकअनुसार डेढ खर्बभन्दा बढीको पेट्रोलियम पदार्थको आयात भएको हो ।अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढिरहँदा गत वर्षकै परिमाणमा आयात गर्दा पनि मूल्य ह्वात्तै बढेको हो । यसअवधिमा नेपाल आयल निगमले भारतबाट ८७ अर्ब ८३ करोड ५४ लाख रुपैयाँको डिजेल भित्र्याएको छ । यस्तै, ४० अर्ब ६४ करोड रुपैयाँको एलपीजी र ३९ अर्ब ८५ करोड रुपैयाँ बराबरको पेट