एलपीजी ग्यासको खपत घटाउन विद्युत महसुलमा छुट दिइन्छ : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले खाना पकाउने एलपीजी ग्यासको खपत घटाउन विद्युत महशुलमा छुट दिने बताएका छन् । सरकारले आगामी आर्थिक वर्षदेखि विद्युतको खपत बढाउँदै ग्यासको खपत घटाउन महसुलमा छुट दिन लागेको जानकारी दिए ।आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै मन्त्री बडूले भने, ‘खाना पकाउन प्रयोग हुने एलपी ग्यासको खपत न्यूनीकरण गर्ने र विद्युतको खपत बढाउन विद्युत महशुलमा सहुलियत दिइ राहत प्रदान गर्ने तयारी भइरहेको छ ।’ यसैगरी, विद्युतीय चुलो लगायत विद्युतीय सामान प