दुई दिदीबहिनीलाई ठक्कर दिएर मृत्यु भएपछि २६ लाख क्षतिपूर्ति तिरे चालकले

रुपन्देही । दुई दिदीबहिनी सवार साइकललाई आफूले चलाएको गाडी ठक्कर दिएर मृत्यु भएपछि चालकले उनीहरूको परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको छ । दाङको देउखुरीमा दुई दिनअघि साइकलमा सवार दुई दिदीबहिनीलाई ठक्कर दिने न्यू प्लानेट इन्जिनियरिङ सर्भिसेस प्रालीको स्कारपियो चालक कैलाली निवासी ३२ वर्षीय इन्जिनियर चन्द्रदीप जोशीले घटनामा गल्ती स्वीकार्दै पीडित पक्षलाई क्षतिपूर्ति दिने सहमति भएको हो […]

सम्बन्धित सामग्री

बन्द कर्णाली राजमार्ग सञ्चालनमा

जुम्ला । जुम्लामा स्कुल बसको ठक्करले ११ वर्षीय राजेश गिरीको मृत्यु भएपछि बन्द भएको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । तातोपानी गाउँपालिकाको ऐरेनीमा विद्यार्थी छोडेर आउँदै गरेको कनिका निशा विद्यालयको बसले ठक्कर दिएपछि बालकको मृत्यु भएपछि आफन्तले गत बिहीबारदेखि सडक ठप्प पारेका थिए । मृतककोपरीवारलाई सरकारी मापदण्डअनुसारको क्षतिपूर्ति दिने सहमति भएपछि सडक खुलाइएको छ ।

विद्यालय र मृतकका परिवारबीच सहमतिपछि खुल्यो कर्णाली राजमार्ग

जुम्लामा स्कुल बसको ठक्‍करले ११ वर्षीय राजेश गिरीको मृत्यु भएपछि बन्द कर्णाली राजमार्ग खुलेको छ । तातोपानी गाउँपालिकाको ऐरेनीमा विद्यार्थी छोडेर बजारतिर आउँदै गरेको निजी कनिका निशा विद्यालयको बसले ठक्कर दिएपछि बालकको मृत्यु हुँदा आफन्तजनले बिहीबार देखि  सडक ठप्प पारेका थिए ।उनीहरुले सडकमै पर्खाल लगाएर,काठ तेर्स्याएर सडक बन्द गरेका थिए । बन्दका कारण सयौं सवारीसाधन रोकिएका थिए । मृतकका आफन्त तुलराज गिरीले सरकारी मापदण्डअनुसारको क्षतिपूर्ति दिने सहमति भएपछि सडक खुलाइएको बताए । सह

क्षतिपूर्ति दिने सहमतिपछि खुल्यो कर्णाली राजमार्ग

जुम्लामा स्कुल बसको ठक्करले ११ वर्षीय राजेश गिरिको मृत्यु भएपछि बन्द कर्णाली राजमार्ग खुलेको छ । तातोपानी गाउँपालिकाको ऐरेनीमा विद्यार्थी छोडेर खलंगातिर आउँदै गरेको कनिका निशा विद्यालयको बसले ठक्कर दिएपछि बालकको मृत्यु हुँदा आफन्तजनले सडक ठप्प पारेका थिए ।

सल्यानको कपुरकोट–तुलसीपुर सडकखण्ड दलहरुद्वारा बन्द

सल्यानको कपुरकोट–तुलसीपुर सडकखण्ड दलहरूले अवरुद्ध पारिएको छ । बिहीबार टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएपछि सडक अवरुद्ध पारिएको हो ।तुलसीपुर उपमहानगरपालिकाका–४ हरनेटीमा बिहीबार बेलुका रा१ख ११२३ नंको टिपरले रा१प ३१७९ नंको मोटरसाइकललाई ठक्कर दिँदा कपुरकोट गाउँपालिका–३ का १८ वर्षीय आकाश सेनको उपचारका क्रममा प्रदेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएपछि क्षतिपूर्ति दिइनुपर्ने भन्दै प्रमुख दलका नेताकै नेतृत्वमा सडक अवरुद्ध पारिएको हो । घटना भए

मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

वीरेन्द्रनगर नगरपालिका–२ की ६१ वर्षीया नन्दकली कँडेलको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । सुर्खेत बाङ्गेसिमलदेखि मुख्य बजारमा आउँदै गरेको क ०२००१ प ८९५० नम्बरको मोटरसाइकलले आइतबार रेडियो नेपाल प्रादेशिक कार्यालय सुर्खेत नजिक ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए । घाइते अवस्थाकी कँडेलको उपचारको क्रम कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको उनले बताए । “मोटरसाइकलको ठक्करका कारण मृत्यु भएपछि उचित क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने मृतका भाई क

सवारीको ठक्करबाट नागढुङ्गा सुरुङमार्गमा मजदुरको मृत्यु

काठमाडौं : सिस्नेखोला नागढुङ्गा सुरुङमार्गमा काम गरिरहेका एक मजदुरको बिहीबार राति सुरुङभित्र दुर्घटनामा परी मृत्यु भएको छ।मृत्यु हुनेमा धुनिबेशी नगरपालिका–९ का कानाकोटका २८ वर्षीय ओमकृष्ण पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जागेश्वर भण्डारीले जानकारी दिए।सुरुङभित्रको माटो बाहिर ल्याउने सवारी साधनले सुरुङमा काम गरिरहेका उनलाई ठक्कर दिएर घाइते बनाएको थियो।घाइते पाण्डेको उपचारका लागि ट्रमा सेन्टर ल्याउँदै गर्दा मृत्यु भएपछि मृतकका परिवारलाई उचित क्षतिपूर्ति र मजदुरको सुरक्षाको

चार घण्टापछि खुल्यो पूर्व–पश्चिम राजमार्ग

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको नवलपुरमा शुक्रवार दिउँसो टिफरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएपछि स्थानीयले अवरुद्ध पारेको राजमार्ग ४ घण्टापछि खुलेको छ । सुक्रवार दिउँसो साढे २ बजेतिर नवलपुरस्थित मुख्य बजारमा राम जानकी मन्दिर अगाडि पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ७ ख ८२९३ नम्वरको टिफरले ठक्कर दिँदा साइकलमा घाँस लिएर हिँडिरहनु भएका लालबन्दी नगरपालिका–२, जुटपानीका ३५ वर्षीय रामनरेश महतोको घटनास्थलमै मृत्यु भएको थियो । महतोको मृत्युपछि स्थानीयवासीले अवरुद्ध पारेको राजमार्ग साँझ साँढे ६ बजेपछि सूचारु भएको हो । ४ घण्टाको चक्काजामका कारण ठूलाखाले सवारी साधनको पश्चिम चन्द्रनिगाहपुर र पूर्व बर्दिवाससम्म नै जाम लागेको थियो । लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काको उपस्थितिमा पीडित पक्षसँग छलफल गरी मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिलाउने सहमतिमा राजमार्ग खोलिएको हो ।

टिप्परको ठक्करबाट मृत्यु भएपछि अरुण तेस्रोको ड्याम साइड तनावग्रस्त

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दाबेसीमा शुक्रबार टिपरको ठक्करबाट स्थानीयको ज्यान गएपछि अरुण तेस्रोको ड्यामसाइट क्षेत्र तनावग्रस्त बनेको छ।मोटरसाइकलमा सवार खड्गबहादुर राई र उनकी श्रीमती प्रेमकुमारी राईलाई अरुण तेस्रो जलविद्युत् परियोजनाको टिपरले ठक्कर दिएको थियो। ठक्करबाट सामान्य घाइते भएका खड्ग बहादुरलाई टिपर पछाडि गरेर किचेर मारेको स्थानीयले आरोप लगाएका छन्। दोस्रो दिन पनि आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्। उचित क्षतिपूर्ति दिने सहमति नभएको भन्दै स्थ

बसको ठक्करबाट खोटाङमा एक वृद्धाको मृत्यु :: Pahilopost.com

खोटाङः बसको ठक्करबाट खोटाङमा एक वृद्धाको मृत्यु भएको छ। दिक्तेलबाट जयरामतर्फ गइरहेको बा ३ ख ६३३५ नम्बरको बसले ठक्कर दिँदा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाकी ७७ वर्षीया जरीकन्या राईको मृत्यु भएको हो।  वृद्धाको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध गरेका छन्। दोषीलाई कारबाही र मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन माग गदै