खोटाङः बसको ठक्करबाट खोटाङमा एक वृद्धाको मृत्यु भएको छ। दिक्तेलबाट जयरामतर्फ गइरहेको बा ३ ख ६३३५ नम्बरको बसले ठक्कर दिँदा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाकी ७७ वर्षीया जरीकन्या राईको मृत्यु भएको हो।
वृद्धाको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध गरेका छन्। दोषीलाई कारबाही र मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन माग गदै