मकवानपुरमा आगामी भदौ १० गतेसम्म निषेधाज्ञा थपिएको छ । आज आइतबार बसेको बैठकले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकको सिफारिसमा जिल्ला सुरक्षा समितिले कोरोना संक्रमणको जोखिम कायम नै रहेको भन्दै जारी निषेधाज्ञालाई आगामी भदौ १० गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।उक्त निर्णय साउन ३२ गते सोमबार राति १२ बजेदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । यसअघि गत साउन २३ गतेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति मकवानपुरको बैठकले साउन ३२ गतेसम्मका लागि निष