मुस्ताङमा दुर्घटना भएको तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमानको ककपिट भ्वाइस रेकर्डर (ब्ल्याक बक्स) भेटिएको छ । दुर्घटना स्थल थासाङ गाउँपालिका–२ सानोस्वाँरेमा ब्ल्याक बक्स भेटिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले रातोपाटीलाई बताए ।सो ककपिट भ्वाइस रेकर्डर काठमाडौंमा ल्याएर छानविन समितिलाई हस्तान्तरण गरिने प्रवक्ता सिटौलाले बताए । सिटौलाले भने, ‘ककपिट भ्वाइस रेकर्डर भेटिँदा छानविन समितिलाई दुर्घटनाको कारण पत्ता लगाउन सहज हुन्छ