मूल्य बढेको बढ्यै, घाटा पनि बढेको बढ्यै

अन्तरराष्ट्रिय जारमा मूल्यवृद्धि भएसँगै नेपाल आयल निगमले पछिल्लोपटक मंगलवार पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । स्वचालित प्रणालीमा आधारित भई हरेक १५ दिनमा मूल्य समायोजन गर्ने नीतिअनुरूप निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको दाबी गरेको छ । तर, अन्तरराष्ट्रिय बजारमा मूल्य घटेका बेला भने त्यसको अनुपातमा मूल्य घटाएको पाइँदैन । मूल्य घटे पनि बढे पनि निगमको घाटा भने बढेको बढ्यै हुन्छ । कर्मचारीले पाउने सुविधा र निःशुल्क पेट्रोलका लागि बाँडिने कुपनको हिसाबकिताब हुँदैन । सरकारले निजीक्षेत्रलाई पेट्रोलियम पदार्थ आयात गर्न दिँदैन । यसलाई रणनीतिक वस्तु मानेर सरकारले नै चलाउनुपर्छ भनिन्छ । तर, सरकार भने यसबाट नाफा लिनमात्रै लागिपरेको छ । परलमूल्यभन्दा दोब्बर बढीमा तेलको विक्री भइरहेको छ । त्यसमा सरकारले लिने करको अंश बढी छ । जनतालाई महँगीको भारी बोकाएर सरकारी कर्मचारीले मोजमस्ती गर्ने र सरकारले विभिन्न नाममा कर उठाउने नीति लिएको छ । जनताको आर्थिक स्तर उकास्न बचत हुनुपर्छ । महँगी बढेकाले बचत हुन सकेको छैन । तर, तेलको मूल्य वृद्धि गरेर सार्वजनिक यातायात तथा ढुवानी भाडा महँगो पारिएको छ । त्यसको बोझ पनि जनतालाई नै बोकाउने गरिएको छ । यसरी सरकारले आफ्नो ढुकुटी भरे पनि भ्याट र अन्तःशुल्कका नाममा अर्को फेरि करको भारी बोकाइएको छ । विश्वमै महँगो कर तिर्नुपर्ने मुुलुकमध्ये नेपाल पनि पर्छ । तर, करको रकम जनतको हितका लागि खर्च हुँदैन । मन्त्री र कर्मचारीको तलबभत्ता र सुविधाका लागि नै खर्च हुने गरेको छ । कर उठाउने मात्रै ध्याउन्नमा लागेको सरकारले केही कर घटाउने हो वा छूट दिने हो भने मात्रै पनि पेट्रोलियम पदार्थको मूल्य केही कम हुन जान्छ । तर, यसतर्पm हालसम्म कुनै पनि सरकारले सोचेको समेत छैन, कार्यान्वयन त झनै परको कुरा भयो । सबै करको भार उपभोक्ताको टाउको मै पर्छ । यस्तै, भ्याट समेत उपभोक्ताले नै तिर्नुपर्छ । करै करका कारण उपभोक्ताले सधैं महँगोमा पेट्रोलियम पदार्थ खरीद गर्नुपरेको छ । पेट्रोल पम्पको कमिशनसमेत उपभोक्ताले नै तिर्नुपरेको छ । यी सबै कारणले गर्दा पेट्रोलियम पदार्थको मूल्य बढी तिर्नुपरेको छ । निगमले आपूm घाटामा गएको भन्दै गत वर्षको असार १६ गते ९६ रुपैयाँ मूल्य रहेको पेट्रोलमा ५ रुपैयाँले बढाएर १०१ रुपैयाँ कायम गरेको थियो । उक्त मूल्यमा निरन्तर २ रुपैयाँको बढाएर १ सय २९ रुपैयाँ मूल्य कायम गरेको छ । त्यस्तै, डिजेल पनि १ वर्षको अवधिमा प्रतिलिटर २७ रुपैयाँले बढेको छ । एकातिर निगमले अन्तरराष्ट्रिय बजारको मूल्यको आधारमा निरन्तर मूल्य बढाएको छ भने अर्को निगमले १५ दिनमै १ अर्ब १० करोड घाटा बेहोरिरहेको दाबी गरेको छ । लगातार घाटा भएको दाबी गर्ने निगमले चुहावट नियन्त्रण तथा अनेक स्वरूपमा लागेको कर घटाउनेतर्पm हालसम्म कुनै पहल गरेको छैन । मूल्य बढे पनि बढाएरै विक्री गर्दा निगमलाई कसरी घाटा भयो भनेर कहिल्यै तालुक मन्त्रालयको सोधेको थाहा छैन । सरकारले पनि निगमसँग यसबारे कुरा गरेको छैन । त्यहाँ भित्र हुने लुटको कुरा गरिसाध्य नै छैन । तेल चोर्नेदेखि पम्पको मीटर बिगार्नेसम्मका काममा निगमकै हाकिमहरूको संलग्नता पाइन्छ । तर, सबै बोझ भने जनताले नै बोक्नुपरिरहेको छ । कहिलेसम्म निगमले जनतालाई महँगीको मार बोकाइरहने होला ? हरि पौडेल कपन, काठमाडौं ।

सम्बन्धित सामग्री

व्यापार घाटा र शोधनान्तर घाटा बढेको बढ्यै

काठमाडौं, असार २८। चालु आर्थिक वर्षको एघार महिनामा कुल वस्तु व्यापार घाटा २५.० प्रतिशतले वृद्धि भई रु १५ खर्ब ७७ अर्ब ३९ करोड पुगेको छ भने शोधनान्तर घाटा २ खर्ब ६९ अर्ब रुपैयाँ नाघेको छ । नेपालको निर्यात व्यापार कमजोर र आयातमा भएको वढोत्तरीका कारण व्यापार घाटा वढेको हो । आयातबाट विदेशी मुद्रा बाहिरिने वढी […]

व्यापार घाटा र शोधनान्तर घाटा बढेको बढ्यै

काठमाडौं । चालु आर्थिक वर्षको एघार महिनामा कुल वस्तु व्यापार घाटा २५.० प्रतिशतले वृद्धि भई रु.१५ खर्ब ७७ अर्ब ३९ करोड पुगेको छ भने शोधनान्तर घाटा २ खर्ब ६९ अर्ब रुपैयाँ नाघेको छ । नेपालको निर्यात व्यापार कमजोर र आयातमा भएको वढोत्तरीका कारण व्यापार घाटा वढेको हो । आयातबाट विदेशी मुद्रा बाहिरिने वढी र विदेशी […] The post व्यापार घाटा र शोधनान्तर घाटा बढेको बढ्यै appeared first on राजधानी राष्ट्रिय दैनिक.

भारतको व्यापार घाटा बढ्दो

भारतको व्यापार घाटा लगातार बढिरहेको छ । यसको अर्थ विदेशी मुद्रा सञ्चिति घट्दो छ जुन अर्थतन्त्रका लागि राम्रो होइन । अङ्ग्रेजी पत्रिका द हिन्दूको समाचार अनुसार जुन महिनामा भारतको निर्यात १६.८ प्रतिशतले बढेको छ भने आयात ५१ प्रतिशतले बढेको छ । जुनमा भारतको व्यापारिक व्यापार घाटा बढेर २५.६३ अर्ब डलर पुगेको छ । यो महिनामा भारतको आयात ५१ प्रतिशतले बढेर ६३.६ अर्ब डलर पुगेको थियो भने निर्यात करिब ३८ अर्ब डलरले बढेको थियो । त्यस्तै भारतको कोइला आयात तीन गुणाले बढेको छ । सुनको आयातमा प

व्यापार घाटा बढेको बढ्यै

काठमाडौं । पछिल्लो समय दैनिक उपभोग्य वस्तुदेखि हरेक समान आयातमै निर्भर हुन थालेसँगै मुलुकको व्यापार घाटा निरन्तर बढेर साढे ११ खर्ब रुपैयाँ नाघेको छ । चालू आर्थिक वर्ष २०७८÷७९ को बितेका आठ महिनामा कुल वस्तु तथा व्यापार घाटा ३४ दशमलव ५ प्रतिशतले बढेर झन्डै साढे ११ खर्ब रुपैयाँले नाघेको हो । नेपाल राष्ट्र बैंकले मंगलबार […] The post व्यापार घाटा बढेको बढ्यै appeared first on राजधानी राष्ट्रिय दैनिक.

व्यापार घाटा बढेको बढ्यै, घटाउने कार्ययोजना अलपत्र

सरकारले तीन वर्षअघि नै व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना २०७५ तयार गरेको थियो । तर, हाल उक्त कार्ययोजना अलपत्र छ ।

आयातसँगै व्यापार घाटा बढ्यो

काठमाण्डाै - आयात बढेसँगै व्यापार घाटा चुलिएको छ । व्यापार घाटा १० खर्ब १५ अर्ब ८१ करोड बराबर पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको सात महिनामा कुल वस्तु व्यापार घाटा ३८ दशमलव ४ प्रतिशतले बढेको छ । आर्थिक वर्षको समीक्षा अवधिमा निर्यात आयात अनुपात ११ दशमलव ५ प्रतिशत पुगेको छ । सात महिनाको कुल वस्तु आयात ४२ दशमलव ८ प्रतिशतले बढेर ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ बराबर पुगेको छ। भारतबाट ३१ प्रतिशत, चीनबाट ४२ दशमलव ३ प्रतिशत र अरु देशबाट ८३ दशमलव ८ प्रतिशतले आयात बढेको राष्ट्र बैंकको विवरणमा ...

व्यापार घाटा १० खर्ब नाघ्यो

भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको साउनदेखि माघसम्म (७ महिना) को व्यापार घाटा १० खर्ब १५ अर्ब रूपैयाँ पुगेको छ। पोहोर सोही अवधिमा व्यापार घाटा ७ खर्ब ३३ अर्ब रूपैयाँ थियो। पोहोरको तुलनामा आयात करिब ४३ प्रतिशतले बढेको छ।...

नेपालको व्यापार घाटा ४६.६ प्रतिशतले बढ्यो (प्रतिवेदनसहित)

काठमाडौँ– नेपालमा चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा बढेको छ । नेपाल राष्ट्र बैंकले आज जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट नेपालको व्यापार घाटा ४६ दशमलव ६ प्रतिशतले बढेको देखिएको हो। पुससम्म कुल वस्तु व्यापार घाटा ४६.६ प्रतिशतले बढेर रु. ८८० अर्ब ४९ करोड पुगेको छ। गत वर्ष यही अवधिसम्म यस्तो […]

व्यापार घाटा झन्डै नौ खर्ब

काठमाडौं । पछिल्लो समय मुलुकको व्यापार घाटा अस्वाभाविक रूपमा बढेको छ । चालू आर्थिक वर्ष २०७८÷७९ को ६ महिनाको अवधिमा व्यापार घाटा बढेर ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख ४७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ४६ दशमलव ६४ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको […] The post व्यापार घाटा झन्डै नौ खर्ब appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपाललाई १४ खर्बको व्यापार घाटा

काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८मा नेपालले १३ खर्ब ९८ अर्ब रुपैयाँ व्यापार घाटा ब्यहोरेको छ। भन्सार विभागकाअनुसार नेपालले साउनदेखि असारसम्ममा उक्त घाटा ब्यहोरेको हो। गत वर्ष नेपालबाट हुने निर्यात र नेपालले गर्ने आयात दुवै बढेको छ। सोही कारण व्यापार घाटा पनि उक्लिएको हो। विभागले गत आर्थिक वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै १६ खर्ब ८० अर्बको वैदेशिक व्यापार भएको जानकारी दिएको छ।