आत्महत्याको विकृति बढ्दै

डडेल्धुरामा आत्महत्याका घटना बढ्न थालेपछि नेपाल प्रहरीले त्यसको न्यूनीकरण गर्न सक्रियता बढाएको छ। जिल्ला प्रहरी कार्यालयले जिल्लाभर नै विभिन्न कार्यक्रमको आयोजना गरेर आत्महत्याका घटना रोक्न सचेतनामा जोड दिइरहेको हो। डडेल्धुरामा बर्सेनि आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ३० जनाले आत्महत्या गरेका थिए। जसमा १५ जना महिला र १५ जना नै पुरुष थिए। सो वर्ष सबैभन्दा बढी अमरगढी नगरपालिकामा आठ जनाले आत्महत्या गरेको डडेल्धुराका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार आर्थिक २०७७/७८ मा ४२ जनाले आत्महत्या गरेका छन्। जसमा २३ जना महिला र १९ जना पुरुष छन्। आव २०७७/७८ मा सबैभन्दा बढी आलिताल गाउँपालिका १३ जनाले आफैँले देहत्याग गरेको तथ्याङ्क रहेको छ। आर्थिक वर्ष २०७८/७९ मा २७ जनाले आत्महत्या गरेका छन्। जसमा १८ जना महिला र नौ जना पुरुष रहेका छन्। गत आव २०७८/७९ मा पनि आलितालमै सबैभन्दा बढी १३ जनाले आत्महत्या गरेको प्रहरी निरीक्षक जोशीले बताउनुभयो। चालू आवको साउन र भदौ महिनामा छ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताउनुभयो। उहाँका अनुसार आत्महत्या गर्नेमा चार महिला र दुई पुरुष छन्। दुई महिनाको अन्तरालमा छ जनाले आत्महत्या गर्नु गम्भीर विषय भएको बताउँदै उहाँले भन्नुभयो, “आत्महत्याको घटना रोक्न नागरिक समाज र स्थानीय तहको विशेष सहयोग आवश्यक छ। ’’ आत्महत्या समाजमा डरलाग्दो रूपमा विकसित हुँदै गएको बताउँदै प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले समाजको विकृतिका रूपमा सिर्जित अपराध रोक्न स्थानीय तह र नेपाल प्रहरीले सक्रियता बढाउनुपर्ने बताउनुभयो।

सम्बन्धित सामग्री

गीत संगीतमा विकृति बढिरहेको छः मदनकृष्ण श्रेष्ठ

काठमाडौँ – वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपालको कला र संस्कृतिमा विकृति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्। शनिबार काठमाडौँमा आयोजित सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालको कला र संस्कृति, परम्परा र रीतिरिवाजमा पछिल्लो समय विकृति भित्रिएको भन्दै सबैले आफ्नो कला र संस्कृतिलाई जगेर्ना गर्नुपर्ने बताए। उनले कला र संस्कृतिको जगेर्ना गरे मात्रै […]

तीजः मौलिकताभन्दा विकृति धेरै

ढोरपाटन, (बागलुङ), २६ भदौ । महिलाको महान चाड तीजको मौलिकतामा हिजोआज विकृति बढ्न थालेको पाइन्छ । विगतमा यस पर्वका अवसरमा चेलिबेटी माइत आउने मिठोमसिनो परिकार खाने, व्रत बस्ने, रातो, हरियो, पहेँलो रङ्गका कपडा तथा चुरा, पोते लगाउने, नाचगान गर्ने र गीतको माध्यमबाट मनको बह पोख्ने गरिन्थ्यो तर अहिले तीजको मौलिकता हराउँदै गएको छ । तीज […]

विकृति, विसंगतिविरुद्ध कलम चलाउन सञ्चारकर्मीलाई सुझाव

सिमकोट – जिल्लामा क्रियाशील सञ्चारकर्मीलाई विकृति–विसंगतिविरुद्ध कलम चलाउन सरोकारवाला पक्षले सुझाव दिएको छ। नेपाल प्रेस युनियन हुम्ला शाखाले शनिबार आयोजना गरेका पत्रकारिता क्षेत्रको विकासका लागि राजनीतिक दलको भूमिका विषयक विचारगोष्ठीमा बोल्ने वक्ताले पत्रकारलाई सुझाव दिएका हुन्। कार्यक्रममा कांग्रेस कार्यवाहक सभापति कैलाश भण्डारीले समाजमा धेरै विकृति रहेको त्यसको जरो उखेल्ने गरी सञ्चार क्षेत्रले कलम चलाउनुपर्ने बताए। […]

‘समलिङ्गी विवाहले सामाजिक विकृति सिर्जना गर्छ’

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले समलिङ्गी विवाहले पारिवारिक झमेला एवं सामाजिक विकृति निम्त्याउने बताएका छन्।बिहीवार बिहान सामाजिक सञ्जालमा ‘स्टाटस’ लेखी अध्यक्ष थापाले समलिङ्गी विवाह दर्ताका सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण रहेको बताएका हुन्।‘समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कारविपरीत छ’, उनले लेखेका छन्, ‘समलिङ्गी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ।’समलिङ्गी वि

विभूषणमा विकृति : अहिलेसम्मकै धेरै सिफारिस

राज्यले नागरिकलाई दिने सर्वाेच्च सम्मान मानिने विभूषणको वितरणमा झन् विकृति बढेको छ । संविधान दिवसको अवसरमा सरकारले शुक्रबार यससम्बन्धी कार्यविधि मिचेर अहिलेसम्मकै धेरै सिफारिस गरेको छ । गृहमन्त्री बालकृष्ण खाण नेतृत्वको समितिले सिफारिसका...

निर्वाचनमा हुने विकृति र विसंगतिको अन्त्य गर्न आवश्यक छ: सभामुख सापकोटा

प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका लागि अभियाननै सञ्चालन गर्न युवाहरुलाई आग्रह गरे।...

सर्वोच्च अदालतमै बढी विकृति छ : कामु प्रधानन्यायाधीश कार्की

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जिल्ला र उच्च अदालतमा भन्दा सर्वोच्च अदालतमै बढी विकृति रहेको बताएका छन् । कानुन दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले यसको सुधार गर्न जरुरी रहेको बताए ।उनले भने, ‘न्यायपालिकामा विकृति छ, जिल्ला र उच्चमा भन्दा पनि सर्वोच्च अदालतमै विकृति बढी छ । यसको कारक सबैसामु छर्लङ्ग छ । यसको सुधार गर्नु जरूरी छ । तर न्यायाधीशले चाहेर मात्रै पनि सुधार गर्न नसकिने रहेछ ।’ उनले सर्वोच्च अदालतले पेसीका लागि

नयाँ बसपार्कको विकृति अन्त्य गर्नुपर्ने

गोंबुस्थित नयाँ बसपार्क क्षेत्र वरपर देखिएको विकृति अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ। बसपार्कस्थित मित्रनगर विकास तथा सुधार समितिको शनिबार आयोजित १३औं वार्षिक साधारणसभामा सहभागी वक्ताले नयाँ बसपार्क वरपर देखिएको विकृति अन्त्य भए मात्र आन्तरिक तथा बाह्य पर...

विज्ञापन क्षेत्रका विकृति हटाउने प्रतिबद्धता

काठमाडौं । विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन क्षेत्रमा देखापरेका विकृति र विसंगतिको अन्त्य गर्दै यस क्षेत्रमा आमूल सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार बबरमहलस्थित विज्ञापन बोर्डको कार्यालयमा आफ्नो कार्यभार सम्हाल्दै अध्यक्ष हुमागाईंले विज्ञापनको क्षेत्रमा देखापरेका विकृति र विसंगतिको अन्त्य गर्दै यस क्षेत्रमा रूपान्तरण गरिने बताए । हुमागार्इंले बोर्डको प्रमुख उद्देश्य विज्ञापन बजारको […] The post विज्ञापन क्षेत्रका विकृति हटाउने प्रतिबद्धता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

राजनीतिक क्षेत्रमा विकृति विसंगति चुलिँदै गएको

उपप्रधानमन्त्री ईश्वर पोख्रेलले राजनीतिक क्षेत्रमा विकृति विसंगति चुलिँदै गएको भन्दै त्यसविरुद्ध खबरदारी गर्न आह्वान गरे ।काठमाडौंमा मंगलबार कवि एवं नाटककार स्वर्गीय गोपालप्रसाद रिमालका बारेमा लेखिएको पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लो समय देखा परेका राजनीतिक विसंगतिविरुद्ध खबरदारी गर्नुपर्ने आवश्यकता औंल्याए । स्वर्गीय रिमालले आफ्ना रचनाहरूमा सधैं राजनीतिक विकृति, विसंगतिलाई तिखो कटाक्ष गर्दै जबरजस्त धाबा […]