सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदमा पेश गर्ने तयारी गरिरहेका बेला त्यसकाे बिराेधमा नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपको स्थिति आएपछि प्रहरीले दश राउण्ड अश्रुग्यास प्रहार गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले बताउनुभयो । उहाँका अनुसार १५ प्रहरी र दुई जना प्रदर्शनकारी घाइते भएका छन् । घाइते मध्ये चार जनाको बीर अस्पतालमा उपचार भइरहेको छ ।