बानेश्वरबाट एमसीसीविरुद्ध प्रदर्शन गर्ने ९२ जना पक्राउ

 सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रस्ताव पारित गर्न लागेको भन्दै बानेश्वरस्थित संसद भवन अगाडि दिनभर प्रदर्शन भयो । प्रदर्शनमा झडप हुँदा १ जना प्रदर्शनकारी र ३ जना प्रहरीसमेत घाइते भएका छन् । प्रदर्शनमा उत्रिएका ९२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएकाहरूलाई भृकुटीमण्डपस्थित नगर प्रहरीको कार्यालय, प्रहरी वृत सिंहदरबार र बानेश्वरमा राखिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले रातोपाटीलाई बताए ।एमसीसीको विरोधमा बुधवार नेकपा माओवादी केन्द्रका भा