‘निषेधाज्ञाको अहिलेको समयमा म युवाहरूलाई मोटिभेट गर्ने र कृषिकर्मीहरूलाई कसरी सहयोग गर्ने भन्ने कुरामा नै म व्यस्त छु,’ प्रतिष्ठित उद्यमी तथा गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यान भनाइ हो यो ।
नेपालमा कोरोना महामारीको दोस्रो लहर शुरू भएसँगै निषेधाज्ञा जारी भएको एक महिनाभन्दा बढी भइसकेको छ । यसबीचमा गोल्यान घरमै छन् । उनले घरबाटै विभिन्न काम गर्दै आएका छन् ।
लकडाउन डायरीका लागि लोकान्तरसँगको कुराकानीमा गोल्यानले भने, ‘अनलाइन वा फोनबाट कृषक तथा युवाहरूलाई मोटिभेट गरिरहेको छु । जति गर्न सक्छु, ...