कोरोनाको सङ्क्रमण बढेपछि चीनको छङ्तु शहरमा फेरि लकडाउन गरिएको छ । त्यहाँको प्रशासनले अति आवश्यक काम नपरेसम्म सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ ।
लकडाउनका कारण छङ्तु शहरका २ करोड भन्दा धेरै मानिस घरबाहिर निस्कन नपाउने भएका छन् । छङ्तुका हेल्थ कमिशन निर्देशक याङ चियोङले सङक्रमण दर तीव्र रुपमा फैलिरहेको र जोखिम उच्च रहेको बताउनुभएको छ । साथै जोखिम क्षेत्रहरु बढ्न थालेकाले खाना र सामान प्याकिङ गरेर लैजानेबाहेक अन्य गतिविधि बन्द गरिएको छ ।
छङ्तुमा पछिल्लो २४ घण्टामा १ सय ५६ जनामा कोरोना संङक्रमण पुष्टि भएको...