बलात्कारको आरोप लागेका क्रिकेटर सन्दिप लामिछानेले क्यारेबियन प्रिमियर लिग छोडेर छोडेर छिट्टै नेपाल फर्कने बताएका छन् । यस अघिसम्म प्रतियोगिता सकेर मात्र नेपाल फर्कने बताएका उनी आफु बिरुद्द पक्राउ पुर्जी जारी भएपछि र नेपाल क्रिकेट संघ क्यानले पनि निलम्बन गरेपछि प्रतियोगिता नसकी नेपाल फर्कने भएका भएका हुन् ।उनले आफु निर्दोष रहेको, नेपालको कानुनमा पूर्ण विश्वास रहेको भन्दै आफुमाथि लागेका झुट्टा आरोपहरुको अनुसन्धानमा सघाउने बताएका छन् । उनले कानुन सबैको लागि बराबरी हुने र निर्दोषले न्याय पाउने विश्वास समेत व्यक्त गरेका छन् । उनले केहि दिन भित्र नेपाल फर्कने उल्लेख गरेका छन् ।बिहिबार क्रिकेट संघ क्यानले उनलाई निलम्बन गर्ने निर्णय गरेको छ । नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको बैठकलाई उनलाई टिमबाट नै निलम्बन गर्ने निर्णय गरेको हो ।क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लद्वारा विज्ञप्तिमा भनिएको छ 'नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबर्जस्ति करणी कसुरमा मिति २०७९ भाद्र २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज उपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ।'बिहिबार नै पक्राउ पुर्जी जारीबालिका करणीको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । मुलुकी अपराध संहिता २०७४ अन्तर्गत परिच्छेद–१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसुरमा लामिछानेउपर थप अनुसन्धान गर्नका लागि अदालतबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले एक सूचना जारी गरी जनाएको छ । लामिछाने लिग क्रिकेट खेलका सिलसिलामा हाल मुलुक बाहिर छन् ।अपराध संहिताको दफा २१९, (२) मा कसैले कुनै महिलालाई महिलाको मञ्जुरी नलिइ करणी गरेमा वा मञ्जुरी लिए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ । सोही दफाको ३ (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० वर्षदेखि १२ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ । उनीमाथि १७ वर्षीया नाबालिका अभिभावकले यही भदौ ६ गते जबर्जस्ती करणी गरेको आरोपसहित भदौ २१ गते मङ्गलबार प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए ।जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने लामिछानेले बालिकालाई यही ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ । जाहेरीपछि प्रहरीले ती होटलको सिसीटिभी फुटेज हेर्नेसहित विभिन्न अनुसन्धान गरिरहेको जनाएको छ ।