म केही दिन अगाडि बिहानै करिब ६ बजेतिर भक्तपुरको ठिमीबाट काठमाडौं आउँदै थिएँ । म बाबाले चलाएको स्कुटरको पछाडि बसिरहेको थिएँ । सडकमा फाट्टफुट्ट केही ठूला बस, केही साना बसहरु चलिरहेका थिए । मोटरसाइकल र स्कुटरहरु पनि फाट्टफुट्ट चलिरहेका थिए । सवारी साधनको खासै चाप नभएको र चौडा सडक भएका कारण सबैखाले सवारी साधनको गति अलि तीव्र थियो । कौशलटारबाट अगाडि बढ्दै गर्दा सडकको माझमा एउटा मरिरहेको कुकुरको शरीरमा मेरो आँखा प¥यो । कुनै सवारीसाधनले ठक्कर दिएको त्यसको मृत्यु भएको अनुमान गर्न मलाई कुनै गाह्