संसद् विघटन भयो, एक पटक होइन दुई/दुई पटक । लोकतन्त्रको बहाली भयो, संसद् सुचारु गर्ने प्रक्रिया अघि बढ्यो । यो क्रममा धेरै उतारचढावहरू हामीले भोग्यौँ । राष्ट्रप्रति गम्भीर खालका एजेन्डाहरूमा बहस भए । एसपीपी सम्झौताका विषयमा बहस र छलफल भए । ती एजेन्डाहरू अहिले पनि जिउँदै छन् । सभामुखले संसदीय छानबिन समिति बनाउनुभएको छ, त्यसको स्वागत गर्दछु । धन्यवाद दिन चाहन्छु । तर एउटा कुरा भन्न चाहन्छु, हिजो वाम गठबन्धन र एकताको साक्षीको रूपमा सदस्य थिए । संयोग वा परिस्थितिले भनौँ, आज म पाँच दलीय गठबन्धनको