मनमोहक हुम्दी डाँडा गाउँ

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानको हुम्दी डाँडा गाउँका मिलेर बनाइएका एकै नासका घरहरुको सुन्दर चित्र । तस्बिर : कृष्ण दवाडी, रासस

सम्बन्धित सामग्री

जुम्ला सिंजाको रोकाया गाउँ

जुम्लाको सिंजाको रोकाय गाउँ । यो गाउँ सुन्दर र मनमोहक छ । कुनै बेला सिजाली राजाले राज गरेको यो क्षेत्र प्राचीन संस्कृति बोकेकोले पर्यटकीय सम्भावना रहेको छ ।

मुस्ताङको चुङजुङ गाउँ

मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ को चुङजुङ गाउँ, चरन क्षेत्रमा चर्दै गरेका घोडा, गाई र पृष्ठभूमिको सुख्खा पहाड । लोमान्थाङ देखि कोराला नाकामा जाने बैकल्पिक सडकमा समेटिएको चुङजुङ गाउँ रमणीय र मनमोहक छ ।

पर्वतको लोप्रे गाउँ जहाँ आँखै अगाडि हिमाल देख्न सकिन्छ (तस्वीरहरू)

१९ माघ, पर्वत । पर्वतको लोप्रे मगर समुदायको बाहुल्य रहेको गाउँ हो । जलजला गाउँपालिका-५ मा पर्ने यो गाउँ पुग्‍न बेनीबाट १३ किलोमिटरको दूरी पार गर्नु पर्छ।  पोखराबाट ४ घण्टामा बेनी र त्यहाँबाट २ घण्टामा लोप्रे गाउँमा पुग्न सकिन्छ । यो गाउँबाट आँखै अगाडि धौलागिरि हिमाल, अन्नपूर्ण हिमाल र माछापुच्छ्रे हिमालका मनमोहक दृश्यहरू नियाल्न सकिन्छ […]

पर्यटकलाई लोभ्याउँदै जखेरा ताल

दाङ – दाङको लमही नगरपालिका–३ मा पर्ने जखेरा ताल जिल्लाकै उत्कृष्ट पर्यटकीय केन्द्रका रुपमा परिचित भएको छ। तालको मनमोहक दृश्यले त्यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गरेको छ। चुरे पहाडको फेदमा रहेको पूर्व तथा पश्चिम सिमानामा वन तथा जङ््गल, दक्षिणतर्फ चिटिक्क परेको मुसुण्डी गाउँ तथा उत्तरतर्फ चुरे पहाड र सो पहाडकोबीचमा पर्ने जखेरा तालको मनमोहक दृश्यले सबैलाई […]

मनै लोभ्याउने म्याग्दीको पाउद्वार गाउँ (फाेटाे फिचर)

म्याग्दी – भिरालो परेको जमिन । अन्नबालीको उत्पादन राम्रो हुने । गुजुमुज्ज परेको गाउँ । ढुङ्गाले छाना छाएर चिटिक्क देखिएका घरहरु । गाउँदेखि माथिको डाँडाबाट वरिपरिको मनोरम दृश्यावलोकन गर्न पाइने।हेर्दा निकै आनन्द आउने र मनमोहक देखिने पाउद्वार गाउँ उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, शिखमा पर्दछ । विशेषत मगर समुदायको बाहुल्यता रहेको पाउद्वार आफैँमा पनि मनमोहक, आकर्षक र सुन्दर छ । परम्परागत सिप तथा प्रविधिमा आधारित रहेर बनाइएका पाउद्वार गाउँका ढुङ्गे घरको आकर्षण पनि उत्तिकै देखिन्छ ।  पह...

गाउँ पर्यटनको प्रवद्र्धनका साथ ‘अन्नपूर्ण डे’

गण्डकी, २० जेठ । “धोएतुल्य सफा र मोहक निकै देखिन्छ नीलाम्बर सेतो बादल कोर्छ नील नभमा बुट्टाहरू सुन्दर । ढाकेको हिउँले समस्त धरती, सेताम्य पाखा वन हाम्रो देश सुरम्य विश्वभरिको सौन्दर्यको कानन ।।” कवि वासुदेव पाण्डेयको प्रकृतिपरक कविता सङ्ग्रह ‘दुलही’को भूस्वर्ग नेपाल शीर्षकको कविताको यस पङ्क्तिमा भनेजस्तै नेपाल आफैँमा सुन्दर छ । मनमोहक चाँदीजस्तै टलक्क […]

लोर्पा गाउँ, आलुबाटै करोडौं भित्र्याउछ

जुम्ला खलंगाबाट एक घण्टा मोटरयात्रापछि पूर्वको पातारासीमा प्रवेश गर्दा आँखैमा टाँसिन्छ, लोर्पा गाउँ । गाउँछेवै जहाँ नदी अनवरत बगिरहेको छ । पातारासी हिमाल र लोर्पा गाउँको मनमोहक दृश्यले सबैको मन लोभ्याउँछ । दुई सय घरधुरी रहेको लोर्पा चुवा हिमालबाट बग्ने घट्टेखोला किनारमा छ । यही खोलाको पानीले लोर्पाको तिर्खा मेट्छ । खडेरीमा पनि जमिनमा सिँचाई […] The post लोर्पा गाउँ, आलुबाटै करोडौं भित्र्याउछ appeared first on राजधानी राष्ट्रिय दैनिक.

लालीगुराँसले ढकमक्क घोडेपानी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गाउँ घोडेपानीको पाखाको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस । लालीगुराँसले रङ्गिएसँगै घोडेपानी आकर्षक र मनमोहक बनेको छ । तस्वीर ः सन्तोष गौतम÷रासस

तस्वीर : मनमोहक फोक्सुण्डो ताल

मौसम खुलेसँगै मनमोहक देखिएको फोक्सुण्डो ताल । समुद्री सतहबाट ३ हजार ६६० मिटर उचाइमा रहेको यो तालको गहिराई ६५० मिटर रहेको छ । तालमा कुनै पनि जीव जनावर अर्थात् जलचर नहुनु फोक्सुण्डोको अर्को विशेषता हो । फोक्सुन्डो तालनजिकै रिग्मो गाउँ रहेको छ, जहाँ पर्यटकका लागि बास बस्ने होटलहरु छन्  । डोल्पा जिल्लाको सुन्दरताले जति ख्याति पाएको छ, त्योबमोजिम पर्यटक तान्न नसकेको स्थानीय  बासिनदा बताउँछन् । तस्वीर :  रासस

ब्ल्याक भिलेज अर्थात् गत्लाङ

काठमाडौँ । झुरुप्प बस्ती । काला–काला छाना, र समान झुप्राहरू । हेर्दै अनौठो र मनमोहक लाग्ने मानव बस्ती ‘ब्ल्याक भिलेज’ अर्थात् कालो गाउँ । नेपालको विकट हिमाली जिल्लामध्ये एक जिल्ला हो– रसुवा । रसुवाकोे पनि अति विकट क्षेत्रमध्ये पर्छ स्वशासित चीनको तिब्बतसँग जोडिएको गाउँपालिका ‘आमाछोदिङ्मो’ गाउँपालिका । सोही गाउँपालिकाको वडा नम्बर ३ स्थित गत्लाङ नै ब्ल्याक भिलेज अर्थात् कालो गाउँ हो ।धार्मिक तथा पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्त्व राख्ने गत्लाङमा मान