मोरङ : गठबन्धनमा कांग्रेसको आनाकानी

२९ चैत, विराटनगर । १७ वटा स्थानीय तह रहेको मोरङमा गठबन्धन दलभित्र खटपट देखिएको छ । कांग्रेस भित्रको डा. शेखर कोइराला पक्षको अभिव्यक्ति र पालिकाको नेतृत्व दाबीका कारण खटपट देखिएको हो । २०७४ को स्थानीय तह निर्वाचनमा १० वटा पालिका जितेको कांग्रेसले गठबन्धनका लागि आफूले जितेका बाहेक थप दुई स्थानको मेयर दाबी गरिरहेको छ । […]

सम्बन्धित सामग्री

विमानस्थलमा देउवाको स्वागतमा शेखर कोइराला

मोरङ, ५ कात्तिक । पाँच दलीय गठबन्धनमा आवद्व दलहरूको प्रदेशस्तरीय संयुक्त प्रशिक्षण भेलामा सहभागी हुन मोरङको विराटनगरमा आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई शनिबार विराटनगर विमानस्थलमा स्वागत गर्दै नेपाली कांग्रेसका नेता शेखर कोइरालालगायतका नेताहरु । तस्विर : रासस

‘मोरङमा कांग्रेसले त्याग गर्नुपर्ने अवस्था छैन’

मोरङ – दलीय गठबन्धनमा मोरङ क्षेत्र नम्बर ४ र ५ नेपाली कांग्रेसले त्याग गर्नुपर्ने अवस्था नभएको मोरङका युवा नेताहरूले बताएका छन्। पार्टी गठबन्धनका नाममा कांग्रेसले आफँैलाई कमजोर बनाउँदै गएको उनीहरूको भनाइ छ। विगतको नतिजा र पार्टीगत संरचनाले समेत दुवै क्षेत्रमा कांग्रेस बलियो रहेको उनीहरू बताउँछन्। दलीय गठबन्धनका कारण दुवै क्षेत्रमा कांग्रेसबाहिर जाने भन्ने खबर सार्वजनिक […]

गठबन्धनमा आँच आउने कार्य नगर्न नेता-कार्यकर्तालाई देउवाको आग्रह

विराटनगर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता–कार्यकर्तालाई गठबन्धनमा आँच आउने कार्य नगर्न आग्रह गरेका छन् । देउवाले गठबन्धन राष्ट्रिय आवश्यक्ता भएको भएको बताउँदै उनले यस्तो आग्रह गरेका हुन् । आज (बुधबार) विराटनगरमा नेपाली कांग्रेस मोरङ जिल्ला समितिले आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा कुनै किसिमको आँच आउने गरी […]

स्थानीय तह निर्वाचनमा कांग्रेस विजयी हुन्छः शेखर कोइराला

मोरङ – तालमेलका रूपमा स्थानीय तह निर्वाचनमा कांग्रेस विजयी हुने कांग्रेस नेता डा. शेखर कोइरालाले बताएका छन्। नेपाल टे«ड युनियन कांग्रेस मोरङद्वारा १३३ औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा नेता कोइरालाले वर्तमान अवस्थामा दलीय गठबन्धनमा निर्वाचनमा अघि बढेर जित हात पार्ने प्रस्ट्याए। शीर्ष तहमा गठबन्धन भए पनि विराटनगरका वडा तहमा कांग्रेस एक्लै प्रतिस्पर्धामा रहेको […]

स्थानीय तह निर्वाचनः विराटनगर महानगरमा सत्ता गठबन्धन अन्योलमा

मोरङ – राजनीतिक दलहरु स्थानीय तह निर्वाचनको तीव्र तयारीमा लागेका छन्। दलहरु उम्मेदवार चयनदेखि वडा तहसम्म संगठन बलियो बनाउने कार्यमा व्यस्त छन्। वडा कार्यालय खोल्न र भोट माग्न दलहरु जनतामाझ पुग्न थालेका छन्। निर्वाचन नजिकिँदै गर्दा सत्ता गठबन्धनमा आवद्ध दलहरु महानगरपालिकामा के गर्ने भन्नेबारे प्रस्ट हुन सकेका छैनन्। नेपाली कांग्रेस विराटनगर महानगर समिति सभापति दीपक […]

गठबन्धनमा जोड दिँदै सुजाताले भनिन् : मोरङ २ बाट चुनाव लड्छु

मोरङ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले  आगामी संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ आफू उम्मेदवार हुने घोषणा गरेकी छन्।गिरिजाप्रसाद कोइराला फाउण्डेसन मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन्, ‘हाम्रो पार्टी सरकारमा सहभागी दलहरूबीच गठबन्धन गरी निर्वाचनमा जानुपर्छ। आगामी निर्वाचनमा मोरङ २ बाट म पनि उम्मेदवार हुन्छु।’लोकतन्त्रको संरक्षण र राजनीतिक स्थिरताका लागि सत्तामा सहभागी दलबीच गठबन्धन कायम गरी जानुपर्ने आवश्यक्ता रहेको बताइन्।&n

प्रदेश १ मा भाग पुर्‍याउन मन्त्रालय ७ बाट १२ बनाउने तयारी

मोरङ- प्रदेश १ को पाँच दलिय गठबन्धन सरकारले मन्त्रीपरिषद् विस्तार गर्ने भएको छ। दलीय गठबन्धनमा सांसदलाई मन्त्री बनाउनका लागि सरकारले हालको ७ बाट १२ वटा मन्त्रालय बनाउने अन्तिम तयारी गरेको हो। मन्त्रालय विभाजन बारेमा औपचारिक जानकारी नदिएपनि निर्णय भइसकेको प्रदेशका एक मन्त्रीले जानकारी दिए। यस क्रममा अब सरकारले अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सहित १२ […]

मन्त्रिमण्डलले चाँडै पूर्णता पाउँछ : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गठबन्धनमा रहेका केही पार्टीको राष्ट्रिय तथा जिल्ला अधिवेशन चलिरहेकाले प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाउन ढिलाइ भएको बताएका छन् ।नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको आज अनुगमनपश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले कार्य क्षेत्र मिलाएर मन्त्रीको सङ्ख्या केही बढाउने सम्बन्धमा गठबन्धनमा रहेका दलहरुबीच आन्तरिक तयारी भइरहेको र बैठक बसी चाँडै मन्त्रिमण्डललाई पूर्णता दिइने जानकारी दिए ।उनले विगतको सरकारले पेश गरेको बजेट पुनरावलोकन हुने जनाउँदै

बागमतीले प्रदेश १ मा गठबन्धनभित्र अन्योल

मोरङ – बागमती प्रदेशमा सरकार आधाआधा कार्य बाँडिने खबर बाहिरिएसँगै प्रदेश १ मा गठबन्धनमा अन्योल सुरु भएको छ। प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाका अनुसार बागमती प्रदेशको गठबन्धनको समाचारले अन्योल छाएको बताएका छन्। गठबन्धनले यसअघि प्रदेशमा नेकपा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीको जिम्मेवारी दिने सहमति गरेको भए पनि बागमती प्रदेशको आलोपालो रणनीतिमा कांग्रेस […]

जसपा एक साताभित्र सरकारमा जान्छः उपेन्द्र यादव

मोरङ– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले एक साताभित्र सरकारमा सहभागि हुने बताएका छन्। बिहीबार विराटनगरमा पार्टीको जिल्ला समन्वय समिति कार्यलय उद्घाटन गर्दै अध्यक्ष यादवले गठबन्धन दलबीच आपसी सहमतिका आधारमा मन्त्रालय बाँडफाँट गरिने र सरकारमा सहभागि हुने बताएका हुन्। उनले महन्थ ठाकुर नेतृत्वको पार्टीको सरकारमा सहभागिता नहुने बताए। हालको दलीय गठबन्धनमा ठाकुरको दल सहभागि […]