मोरङ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले आगामी संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ आफू उम्मेदवार हुने घोषणा गरेकी छन्।गिरिजाप्रसाद कोइराला फाउण्डेसन मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन्, ‘हाम्रो पार्टी सरकारमा सहभागी दलहरूबीच गठबन्धन गरी निर्वाचनमा जानुपर्छ। आगामी निर्वाचनमा मोरङ २ बाट म पनि उम्मेदवार हुन्छु।’लोकतन्त्रको संरक्षण र राजनीतिक स्थिरताका लागि सत्तामा सहभागी दलबीच गठबन्धन कायम गरी जानुपर्ने आवश्यक्ता रहेको बताइन्।&n