काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिले शेरबहादुर देउवा सरकारले ल्याएको अध्यादेशको बचाउ गरेका छन्।
उनले देउवा सरकारले ल्याएको अध्यादेश लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाका लागि भएको दाबी गरे।
'एउटा अध्यादेशको उद्देश्य लोकतन्त्र सिद्ध्याउनु, गणतन्त्र सिद्ध्याउनु संविधान सिद्ध्याउनु थियो। अर्को अध्यादेशको उद्देश्य लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा…