शुक्रबार काठमाडौँमा थपिए २५ संक्रमित, ललितपुरमा सबैभन्दा धेरै

काठमाडौँ- उपत्यकामा कोभिड-१९ को ३५ जना संक्रमित थपिएका छन्। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौँमा २५, ललितपुरमा ६ र भक्तपुरमा ४ जना संक्रमित थपिएका हुन्। काठमाडौँ उपत्यकामा सक्रिय संक्रमित १ हजार ९६५ जना छन्। ललितपुरमा १ हजार ५९, काठमाडौँमा ८१८ र भक्तपुरमा ८८ सक्रिय संक्रमित रहेका छन्। काठमाडौँमा कुल संक्रमित ३ लाख २३ हजार १७५, […]

सम्बन्धित सामग्री

विश्वभर २७८१ पुगे अर्बपति, १४१ जना थपिए

अमेरिका । फोर्ब्सले सन् २०२४ मा विश्वका अर्बपतिहरूको सूची सार्वजनिक गरेको छ । उक्त सूचीअनुसार विश्वभर अर्बपतिको संख्या २ हजार ७८१ पुगेको छ, जसमा १४१ नयाँ अनुहार छन् ।  सूचीअनुसार विश्वमा अर्बपतिको संख्या मात्रै होइन, उनीहरूको संयुक्त सम्पत्ति पनि बढेको छ । अर्बपतिहरूको संयुक्त सम्पत्ति १४.२ ट्रिलियन डलरभन्दा बढी रहेको बताइएको छ ।  विश्वभर बढिरहेको मुद्रास्फीतिको दबाब, महामारीको प्रभाव, दुई वटा युद्ध र विश्वमा विद्यमान अस्थिरताले अर्बपतिहरूलाई निकै कम वा लगभग कुनै प्रभाव पारेको छैन । विगत १० वर्षको ‘ट्रेन्ड’ हेर्दा उनीहरूको सामूहिक सम्पत्ति १२० प्रतिशतले बढेको छ । बर्ना आर्नो लगातार दोस्रो वर्ष शीर्षमा उक्त सूचीको शीर्ष स्थानमा बर्ना आर्नो छन् । विश्वको अग्रणी विलासी सामान कम्पनी एलभिएमएचका अध्यक्ष र सीईओसमेत रहेका आर्नो गत वर्ष (सन् २०२३ मा) पनि यो सूचीमा शीर्षमै थिए । उनको कुल सम्पत्ति २३३ बिलियन डलर छ । गत वर्षको तुलनामा उनले २२ अर्ब डलरभन्दा बढी कमाएका छन् ।  यो सूचीको दोस्रो स्थानमा टेस्लाका सीईओ एलोन मस्क छन् । उनको सम्पत्ति १९५ अर्ब डलर छ । अमेजनका जेफ बेजोस यो सूचीको तेस्रो स्थानमा छन् । उनको कुल सम्पत्ति १९४ बिलियन डलर छ ।  अर्बपतिमा अमेरिकाका धेरै  अर्बपतिको सूचीमा सबैभन्दा धेरै अमेरिकाका छन् । उक्त सूचीमा अमेरिकनको संख्या ८१३ छ, उनीहरूको कुल सम्पत्ति ५.७ ट्रिलियन डलर छ । सर्वाधिक अर्बपतिको हुने देशमा दोस्रोमा चीन (हङकङसहित) छ, त्यहाँका अर्बपतिहरूको कुल सम्पत्ति १.७ ट्रिलियन डलर छ । यो सूचीमा भारत भने तेस्रो स्थानमा छ, त्यहाँ अर्बपतिको संख्या २०० छ, उनीहरूको कुल सम्पत्ति ९५४ अर्ब डलर छ ।  को–को थपिए नयाँ अनुहार ? सन् २०२४ को अर्बपतिको सूचीमा थपिनेमा अमेरिकी पप स्टार इराज टोरे, गायिका टेलर स्विफ्टलगायत छन् । सूचीमा सबैभन्दा धनी नयाँ आगमन इटालीको आन्द्रिया पिन्नातारो (आन्द्रिया पिन्नातारो आईओन समूह) हो, उनको अनुमानित कुल सम्पत्ति २७.५ बिलियन डलर छ ।  टेलर स्विफ्ट अर्बपतिको हैसियत हासिल गर्ने पहिलो कलाकार भएकी छन् । उनको कुल सम्पत्ति १.१ बिलियन डलर छ । एजेन्सी

दक्षिण कोरियामा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित थपिए

काठमाडौं- दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या शुक्रबार सबैभन्दा धेरै देखिएको छ । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा तीन लाख ८३ हजार ६६५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै दक्षिण कोरियामा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमितहरूको कुल सङ्ख्या ६२ लाख छ हजार २७७ पुगेको छ । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरस फैलिएकाले […]

यी पाँच देशमा थपिए सबैभन्दा बढी संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा विश्वमा सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित इन्डोनेसियामा थपिएका छन्। सो अवधिमा इन्डोनेसियामा ४७ हजार ८९९ जनामा संक्रमण पुष्टि भएको छ। दोस्रो ठूलो संख्या ब्राजिलमा ४५ हजार ९४ जना संक्रमित थपिएका छन्। वल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा स्पेनमा ४३ हजार ९६०, भारतमा ४० हजार २१५ र बेलायतमा ३६ हजार ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भारतमा विगत १११ दिन यता सबैभन्दा कम संक्रमण, ३४ हजार संक्रमित थपिए

विगत १११ दिनमा यो सबैभन्दा कम संक्रमण दर भएको बताइएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै तीन करोड ६ लाख बढीमा संक्रमण भएको छ।

फेरि दैनिक सबैभन्दा ठूलो संख्यामा कोरोना संक्रमित काठमाडौंमा थपिए

काठमाडौं। पछिल्लो चौबिस घण्टामा सबैभन्दा धेरै संख्यामा कोरोना संक्रमित काठमाडौं जिल्लामा थपिएका छन्। केही दिनयता काठमाडौंलाई पछि पार्दै बागलुङमा दैनिक सबैभन्दा बढी संक्रमित थपिँदै आएका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको चौबिस घण्टामा काठमाडौंमा ३१०, झापामा १७४, पर्वतमा १५०, म्याग्दीमा १४८, ललितपुरमा ९९, सुनसरीमा ९६, चितवनमा ९०, मकवानपुरमा ८८, धादिङमा ८६ र मोरङमा ७० जना संक्रमित थपिएका छन्।

बागलुङमा थपिए सबैभन्दा बढी कोरोना संक्रमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी कोरोना संक्रमित बागलुङ, काठमाडौं, झापा, मोरङ र सुनसरीमा थपिएको जनाएको छ। यी पाँच जिल्लामध्ये सबैभन्दा बढी बागलुङमा थपिएका छन्। सो अवधिमा बागलुङमा ३०५, काठमाडौंमा २८५, झापामा १३० जना, मोरङमा १२४ जना र सुनसरीमा ११४ जना संक्रमित थपिएको मन्त्रालयले बताएको छ।

बागलुङमा थपिए सबैभन्दा बढी कोरोना संक्रमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी कोरोना संक्रमित बागलुङ, काठमाडौं, झापा, मोरङ र सुनसरीमा थपिएको जनाएको छ। यी पाँच जिल्लामध्ये सबैभन्दा बढी बागलुङमा थपिएका छन्। सो अवधिमा बागलुङमा ३०५, काठमाडौंमा २८५, झापामा १३० जना, मोरङमा १२४ जना र सुनसरीमा ११४ जना संक्रमित थपिएको मन्त्रालयले बताएको छ।

नेपालका यी १० जिल्लामा आज थपिए सबैभन्दा बढी कोरोना संक्रमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी कोरोना संक्रमित काठमाडौं जिल्लामा थपिएका छन्। काठमाडौंमा आज ९२१ जना संक्रमित थपिएका हुछन्। पछिल्लो चौबिस घण्टामा ललितपुरमा १६३, मोरङमा १५१, कास्कीमा ११७, नुवाकोटमा ११७, सुर्खेतमा ११६, सुनसरीमा ८४, चितवनमा ८३, कैलालीमा ७१ र भक्तपुर ५६ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशमा थपिए सबैभन्दा बढी कोरोना संक्रमित

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशका सात प्रदेशहरुमध्ये सबैभन्दा बढी कोरोना संक्रमित बागमती प्रदेशमा थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बागमती प्रदेशमा सो अवधिमा ३ हजार २५९ जना संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार उक्त अवधिमा प्रदेश १ मा ३२४, प्रदेश २ मा ३०९, गण्डकीमा ८१, लुम्बिनीमा १ हजार ४११, कर्णालीमा १३६ र सुदुरपश्चिममा १३७ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा २० देखि २९ वर्षका संक्रमित सबैभन्दा धेरै थपिए

गत २४ घण्टामा भेटिएका कुल संक्रमितमध्ये २० देखि २९ वर्ष उमेरका व्यक्तिको संख्या सबैभन्दा धेरै छ। ९ सय कुल संक्रमितमध्ये २० देखि २९ वर्षका २ सय ५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।