स्याङ्जा जिल्लामा एक वर्षको अवधिमा ४६१ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन्। स्याङ्जा जिल्ला अदालतमा आर्थिक वर्ष २०७८\७९ मा दर्ता भएका ती मुद्दामध्ये तीन सय ७१ फर्छ्योट भएका छन्। जिल्ला अदालतको स्रेस्तेदार विश्वप्रसाद रेग्मीका अनुसार ९० मुद्दा फर्छ्योट हुन बाँकी छन् । अदालतमा अन्य मुद्दाभन्दा तुलनात्मकरूपमा सम्बन्धविच्छेदका मुद्दा धेरै छन्। अघिल्लो आव २०७७\७८ मा तीन सय चार मुद्दा दर्ता भएकामा २४० फर्छ्योट भएका थिए । सो आवका ६४ मुद्दा गत आव २०७८\७९ मा जिम्मेवारी सरेर आएको रेग्मीले जा