बाँकेमा बालिकाको हत्या गर्ने एकलाई अदालतले कारागार चलान गर्न आदेश दिएको छ । डुडुवा गाउँपालिका १ टेपरीस्थित रामकुमार बाहुनको खेतमा कार्तिक १४ गते १४ वर्षीया रिता हरिजन भन्ने शिलावती चमारलाई मुख थुनेर हत्या गरेको आरोप लागेका ३० वर्षीय भारतीय नागरिक महेश चौहानलाई अदालतले पुर्पक्षका लागि कारागर चलान गरेको हो ।