प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस

काठमाडौं । संवैधानिक परिषद्को आज बसेको बैठकले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको परिषद्को बैठकले प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सिफारिस गरेको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिमिल्सनाले जानकारी दिए । न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि श्रेष्ठसहित ११ जनाको रोष्टर पठाएको थियो । रोष्टरको पहिलो नम्बरमा रहेका श्रेष्ठको नाम सिफारिस गरेको हो । उनको कार्यकाल आगामी २०८१ असोजसम्म हुनेछ । वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यही साउन २० गते अनिवार्य अवकाश लिँदै छन् ।         

सम्बन्धित सामग्री

सुनसरी १ मा मीन विश्वकर्मासहित ५ जनाको नाम सिफारिस

१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसमा सुनसरी क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि मीन विश्वकर्मासहित ५ जनाको नाम सिफारिस भएको छ । शुक्रबार बसेको बैठकले मीन विश्वकर्मा, लक्ष्मी खतिवडा, मिना सुब्बा, उमेश थापा र चन्द्रप्रसाद श्रेष्ठको नामसिफारिस गरिएका हो । मीन र मीना दुबै समानुपातिक सांसद हुन् । प्रदेशसभातर्फ सुनसरी–१(क) का लागि सुजेन्द्र […]

माओवादी केन्द्रका अध्यक्ष दाहाल र उपाध्यक्ष श्रेष्ठको नाम गोरखाबाट सिफारिस

आसन्न निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र क्षेत्र नम्बर २ मा बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नाम सिफारिस भएको छ।...

विष्णुपुकार श्रेष्ठको नाम चीनका लागि राजदूतमा अनुमोदन

संसदीय सुनुवाइ समितिको बैठकले विष्णुपुकार श्रेष्ठको नाम चीनका लागि राजदूतमा अनुमोदन गरेको छ । मंगलबार बसेको समितिको बैठकले चीनका लागि राजदूतमा श्रेष्ठको नाम अनुमोदन गरेको हो ।बैठकले दक्षिण अफ्रिकाका लागि  दानबहादुर तामाङको नाम पनि सर्वसम्मत अनुमोदन गरेको छ ।  सरकारले राजदूतका लागि उनीहरूको नाम सिफारिस गरेको थियो ।

हेटौंडाको मेयरमा काँग्रेसबाट पराजुली, इटेनी र श्रेष्ठको नाम सिफारिस

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसले हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदका उम्मेदवारहरू सिफारिस गरेको छ । हेटौंडा उपमहानगरपालिका समितिको बैठकले हेटौंडाको मेयरमा एक महिलासहित दुई पुरुषलाई उम्मेदवारको रुपमा सिफारिस गरेको हो ।बैठकले हेटौंडाको मेयरमा आनन्दराम पराजुली, उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको हो । पराजुली नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिका समितिका निवर्तमान सभापति हुन् भने इटेनी वर्तमान सभापति हुन् ।त्यसैगरी उपमेयर पदमा पनि काँग्रेसल

ललितपुर महानगरको मेयरका लागि काँग्रेसबाट ७ जनाको नाम सिफारिस

काठमाडौँ । नेपाली काँग्रेस ललितपुर महानगर समितिले मेयरका लागि सात जनाको नाम सिफारिस गरेको छ । समितिले वर्तमान मेयर चिरिबाबु महर्जनसहित अन्य ६ जनाको नाम केन्द्रमा पठाएको छ । महानगर कार्यसमितिले मेयर चिरिबाबुसहित शुभानन धाख्वा, भरतलाल न्याछ्यो, प्रेमकृष्ण महर्जन, राजेश महर्जन, गीता सत्याल र अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो ।

कांग्रेसबाट ललितपुरको मेयरमा ७ जनाको नाम सिफारिस

ललितपुर, २ बैशाख । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरको लागि सात जनाको नाम सिफारिस गरेको छ । ललितपुर महानगर कार्यसमितिले शुभानन धाख्वा, भरतलाल न्याछ्यो र प्रेमकृष्ण महर्जन, चीरीबाबु महर्जन, गीता सत्याल, राजेश महर्जन र अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो । ललितपुर महानगरको उम्मेदवारको टुंगो केन्द्रीय कार्यसमितिले लगाउने छ ।

सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

सिद्ध राज उपाध्याय काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले रिक्त एक जना सचिव पद(विशिष्ट श्रेणी) का लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय हरी प्रसाद मैनाली, डिल्लीराज शर्मा र राज कुमार श्रेष्ठको नाम सिफारिस गरेको हो […]

स्वास्थ्य सचिवको लागि ३ जनाको नाम सिफारिस

स्वास्थ्य सेवातर्फको सचिव नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । सोमबार सामान्य प्रशासन मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका ३ जना प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो । सिफारिस गरेका तीन जनाको नाममध्ये अब एक जनाको नाम मन्त्रीपरिषद्को बैठकले स्वीकृत गर्ने छ । सिफारिस भएका तीन जनामध्ये श्रेष्ठको कार्यकाल भने दुई साता बाँकी छ भने डा. पोखरेल, डा.सिंहको कार्यकाल तीन वर्ष भन्दा बढी छ । स्वास्

कर्णाली सरकारमा काँग्रेसबाट बिसी र श्रेष्ठको नाम सिफारिस

सुर्खेत । नेपाली काँग्रेसले कर्णाली सरकारमा दुई मन्त्रीको नाम सिफारिस गरेको छ । काँग्रेसले सुर्खेतका यज्ञबहादुर बिसी र जुम्लाका दिनबन्दु श्रेष्ठलाई मन्त्री बनाउन सिफारिस गरेको हो ।  आज साँझ बसेको संसदीय दलको बैठकले बिसी र श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेका संसदीय दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए । ‘बैठकले बिसी र श्रेष्ठको नाम सिफारिस गरेको छ’ शाहीले भने, ‘सपथ भोलिमात्रै हुन्छ ।’ काँग्रेसले बिसीलाई सामाजिक विकास र श्रेष्ठलाई जलस्रोत तथा उर्जा विकास मन्