बुटवल : प्रतिनिधिसभाका ५ र प्रदेशसभाका १० क्षेत्र रहेको रुपन्देहीमा चुनावी तयारी पूरा भएको छ।
मतदानका लागि सामग्री पठाउने, केन्द्रमा खटाउने कर्मचारीको व्यवस्थापन तथा परिचयपत्र वितरणका लागि आवश्यक तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अध्योध्याप्रसाद भण्डारीले जानकारी दिए।
उनका अनुसार जिल्लामा ५ सय ९८ केन्द्रमा मतदान सामग्री पठाई