भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । निर्वाचनका लागि सुरक्षा तयारी पूरा भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए ।जिल्लाभर एक सय ३१ स्थानमा रहेका दुई सय ९० वटै मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीसहितको सुरक्षा टोली खटिएको छ । निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नका लागि ललितपुरमा तीन हजार चार सयभन्दा बढी सुरक्षाकर्मी खटिएको पोखरेलले जानकारी दिए ।&ldq